अनुज पछाई , प्यूठान । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) प्यूठानको अध्यक्षमा भगवती खड्का चयन हुनुभएको छ। विहिवार जिल्लाको विजुवारमा सम्पन्न ५ औँ जिल्ला अधिबेशनबाट खड्काको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्यसमिती सर्वसम्मत चयन भएको हो ।
Advertisement
संघको उपाध्यक्षमा लिला थापा र नारायणी अधिकारी चयन हुनुभएको छ। अधिबेशनले सचिवमा गौरी भट्टराई, सह सचिवमा सरस्वती रिजाल र कोषाध्यक्षमा लक्ष्मी केसी लाई चयन गरेको छ । अधिबेशनको उद्धाटन एमालेको पोलिट्ब्युरो सदस्य सुर्य थापाले गर्नुभएको थियो।