दाेलखा। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले पार्वत गुरुङलाई वुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन । शनिबार दाेलखा जिल्ला तामाकोसी गाउँपालिकाकाे समाजवादी पार्टीको प्रथम गाउँ भेलालाई सम्वाेधन गर्न तामाकोसी ४ मालुङ आएका नेता चाैधरीले पार्वत गुरुङलाई अब निर्वाचनमा वुथ कब्जा गरेर निर्वाचन जित्ने दिनकाे अन्त्य भएको वताएका हुन । प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणि चाैधरीले २०७४ सालकाे निर्वाचनमा माअाेवादी केन्द्र र एमालेले चुनावी तालमेल गरेर निर्वाचनमा जादाँ देशभरका सासंदहरुमध्ये सवैभन्दा वढी मत ल्याएकाे घमण्ड देखाउने पार्वत गुरुङलाई अब दाेलखाका जनताले पराजयकाे राम्रो स्वाद चखाउने वताए । गत निर्वाचनमा दाेलखाका जनताले दिएकाे अमुल्य मतलाई कुल्चेर संसद विघटन गर्ने खड्क प्रसाद वलीकाे वाटाेमा हिड्ने गुरुङलाई जनताको घरदैलाेमा मत माग्न आउने नैतिक अधिकार समेत नरहेकाे चाैधरीकाे भनाई थियोे । नेता चाैधरीले केपी वलीले नेतृत्व गरेकाे पाटीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पाटीकाे रुपमा एकीकृत समाजवादी पार्टी पुनः गठन गरेकाे वताए । उनले नेपालमा रहेका कम्युनिस्ट पाटीहरुसगँ एकता गर्दै कम्युनिस्ट पाटीकाे नेतृत्व समेत एकीकृत समाजवादी पाटीले गर्ने दावी गरे ।
माधव नेपाल लगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएकाे थियाे उनले भने`केपी वलीले दलाल र पुजीवादीहरुसगँ मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेका थिए ।´ उनले विद्रोह गरेर निर्माण भएकाे नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेपालमा भएका सवै कम्युनिस्ट पार्टिहरुका विचमा एकता गरेर ठुलाे पार्टी वन्ने आधार तयार भएकाे वताए । अहिले सुर्य चिन्ह पाएकाे केपी वली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेकाे उनकाे भनाई थियाे । हिजो वहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखि नेपाली समृद्ध नेपाल वनाउछाै भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अवपनि भाेट दिनुस ३ वर्षमा संसद विघटन गर्छाैं भनेर केपी वली कम्पनी निर्वाचनमा जालान त उनी भन्छन्` त्यसकारण अब केपी कम्पनीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट पनि जित्न सक्दैनन् ।´
वुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न पार्वत गुरुङलाई मेटमणिकाे चेतावनी
वुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न पार्वत गुरुङलाई मेटमणिकाे चेतावनी
Advertisement
तपाईको प्रतिक्रिया