राजेन्द्र रावत क्षेत्री , प्यूठान । एमसीसी संझौता बिरुद्व प्यूठानमा सडक सम्वाद कार्यक्रम भएको छ । ५ राजनीतिक दल र एक मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका बिच नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल प्यूठानले आज सडक सम्वाद कार्यक्रम आयोजना गरेको हो।
नेपाल वन्दलाई सिर्जनात्मक रुपमा सफल पार्नकाे लागि मात्र नभई एमसिसि सम्झौताका बिषयमा ब्यापक बहस गर्ने उद्देश्यले सडक सम्वाद कार्यक्रमकाे अायाेजना गरिएको युवा संगठन नेपाल लुम्बिनी प्रदेशका संयाेजक हरि बस्नेतले बताए।
कार्यक्रमका सहभागीहरुले एमसिसि सम्झौता राष्ट्रघाती रहेकाेले जनस्तरवाट यस्को व्यापक बिरोध गर्नुपर्ने बताएका छन् ।
सम्वाद कार्यक्रममा नेकपा प्यूठानका पुर्व जिल्ला इन्चार्ज रत्न थापाले राष्ट्रघाती एमसिसि सम्झौतालाई जनस्तरबाटै खारेज गर्न अाम नागरिकलाई अाग्रह गरे ।
त्यस्तै नेकपा (माअाेवादी केन्द्र ) प्यूठानका नेता कृष्ण घिमिरेले पनि राष्ट्रिय स्वाधीनताका लागि एमसिसि सम्झौता घातक भएकोले संसदमा टेबुल गर्नै नहुने बताए ।
कार्यक्रममा नेकपा एमाले र राष्ट्रिय जनमाेर्चाका नेताहरुले एमसिसि सम्झौता घातक रहेको उल्लेख गर्दै हुवहु पास गर्न नहुने भनाई राखे । युवा संगठन नेपाल लुम्बिनी प्रदेश संयाेजक हरि बस्नेतले।एमसिसिकाे पैसा अावश्यक नरहेकाेले चन्दा उठाएरै सरकारलाई सहयाेग अभियान थालेकाे जानकारी दिए । अभियानबाट जम्मा भएको सहयाेग रकम प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रालय सम्म पुर्याउने उनले बताए।
एमसीसीकाे विरुद्ध प्यूठानमा सडक सम्वाद
एमसीसीकाे विरुद्ध प्यूठानमा सडक सम्वाद
Advertisement
तपाईको प्रतिक्रिया