रुकुम पश्चिम। रुकुम पश्चिममा जनता समाजवादी पार्टीका जिल्ला कमिटी सचीव खगेन्द्र खत्री नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।पार्टी प्रवेश गरेसङ्गै खत्रीले कम्नियुष्ट पार्टीले मात्रै देशमा समाजवादको आधारशिला खडा गर्न सक्ने बताउनुभयो । सच्चा कम्युनिस्टहरु एकीकृत समाजवादीमा गोलबन्द हुन नेता खत्रीको आव्हान छ। उहाँ सङ्गै नेकपा एमालेका जिल्ला कमिटी सदस्य दिपेन्द्र कुँवरले पनि पार्टी पार्टी प्रवेश गर्नुभएको छ ।
आज मुसिकोटमा अवस्थित पार्टि कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देबि ओलि र जिल्ला अध्यक्ष बिमल कुमार पुनले उहाँहरुलाइ पार्टी प्रवेश गराउनुभएको हो । एकिकृत समाजबादीमा प्रबेश गर्दै एमाले जिल्ला नेता कुंवरले समाजको अग्रगतिका निम्ति एमालेका अन्य नेता कार्यकर्तालाई त्यहाँबाट विद्रोह गरी समाजवादीमा आउन आह्वान समेत गर्नुभएको छ। उहाले रुकुम पश्चिममा एमाले छोड्नेको लहर सुरु भएको दावी समेत गर्नुभयो।
रुकुम पश्चिममा जसपाका जिल्ला सचिव एकीकृत समाजवादीमा प्रवेश
रुकुम पश्चिममा जसपाका जिल्ला सचिव एकीकृत समाजवादीमा प्रवेश
Advertisement
तपाईको प्रतिक्रिया