बुटवल। नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगरपालिका वडा नं. ४ को वडा भेला मंगलबार सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले नेकपा एकीकृत समाजवादी पाटी विभाजित नभई क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दै विद्रोहबाट निर्माण भएको बताए । उनले आफ्नो पार्र्टी एकीकृत समाजवादी आगामी निर्वाचनमा देशकै निर्णायक शक्ति हुने बताए ।
त्यस्तै गरी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईले बोल्दै सामाजिक न्याय र समानताका एजेण्डालाई आफ्नो पार्टीले प्राथमिकता दिने बताए ।
भेलामा होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी सदस्य हिरा शाह, युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही जिल्ला कमिटी सदस्य प्रेम बञ्जाडे, रुपन्देही जिल्ला कमिटी सदस्य भीम बहादुर पोखरेललगायतले मन्तव्य राखेका थिए ।
उक्त भेला हरि पहारीको अध्यक्षतामा रुपन्देही जिल्ला कमिटी सदस्य जीत बहादुर भाटको सञ्चालनमा भएको थियो ।
हरि पहारीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन
उक्त भेलाले हरि पहारीको अध्यक्षतामा २५ सदस्यीय वडा नं. ४ वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा रमेश मल्ल, सचिवमा शंकर पुन, सदस्यहरुमा ठगी कुँवर, मीना रायमाझी, सन्जीवमान श्रेष्ठ, नेत्र बहादुर थापा, सुष्मा भुसाल, कृष्ण पोखरेल, प्रताप अर्याल, मनिष पाण्डे, रवि थापालगायत चयन भएका छन् ।