• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

कांग्रेस महाधिवेशनले दिएको सन्देश


  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
  • – सञ्जय रिजाल ।

    Advertisement

    नेपालको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनले चयन गरेको नेतृत्वको परिणाम अहिले आइरहेको छ ।
    सत्तारुढ दल त्यो पनि नेपाली राजनीतिक आन्दोलनमा विशिष्ट योगदान पु¥याएकोले यतिबेला कांग्रेसप्रति धेरैको नजर पुगेको छ ।
    पछिल्लो विश्वव्यापी मान्यता अनुसार खुला समाज, उदार लोकतान्त्रिक प्रणालीको वकालत थापनाकालदेखि नै कांग्रेसले गर्दै आइरहेको छ । अहिले त्यही नीति अनुसार नै नेपालको राजनीतिक शासन प्रणाली पनि सञ्चालन भइरहेको छ । तर नागरिकका अपेक्षाहरु किन पूरा भइरहेका छैनन् भन्ने प्रश्न यतिबेला पेचिलो बनेको छ ।
    कुनै पनि नीतिलाई कार्यान्वयन गर्ने व्यक्तिले हो । व्यक्तिको इच्छाशक्तिले मात्र प्रणाली बलियो बन्ने हो । अहिले हाम्रा विकास निर्माणलाई अगाडि बढाउने प्रणालीहरु कमजोर छन् । हाम्रा संरचनाहरुको व्यवस्थापकीय क्षमता कमजोर छन् । यसो हुनुमा ती संरचनाहरुको नेतृत्व गर्ने भनेको अन्तिममा गएर सरकार नै हो, त्यो सरकार सञ्चालन गर्ने मन्त्रीहरु नै हुन् । ती मन्त्रिहरुलाई निर्देशन गर्ने प्रधानमन्त्री नै हुन् ।
    नीति राम्रा हुनु र त्यसको कार्यान्वयन फितलो हुनु भनेकै व्यक्तिमाथिको समस्या हो । संरचनामाथिको समस्या हो । यसको सुधार गर्ने भनेको व्यक्तिले हो ।
    हामीले संसारभरका मुलुक सुधारिएको इतिहास हे¥यौ भने कुनै न कुनै व्यक्तिले योगदान पु¥याएका छन् ।
    अब त्यो व्यक्ति कस्तो हुनुपर्छ भनेर चर्चा गरौं । मुलुकको अवस्था लाई सुक्षम तरिकाले बुझेको, विकासका सम्भावना पहिल्याउन सक्ने । मुलुकलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी गराउन सक्ने क्षमता राख्ने। नागरिकका दैनिक जनजीवनका समस्यालाई सम्वोधन गर्न सक्ने । नागरिकहरुसँग दोहोरो सञ्चार सहजै गर्न सक्ने । नागरिकलाई विकास निर्माण कार्यमा सहभागी गराउन सक्ने ।
    यी माथि उल्लेख गरिएका क्षमता भएको अहिले हाम्रो शासनको सर्वोच्च पद प्रधानमन्त्री हुने हो भने हाम्रो विकासको कायापलट हुने सायदै धेरै समय लाग्ने थिएन होला । यी त परिकल्पनाका कुरा मात्र भए । यस्तो नेतृत्व क्षमता भएको मानिस सहजै उपलव्ध हुँदैनन् । यदि उपलव्ध भइहाले पनि त्यस्तो नेतृत्वलाई संरक्षण गर्ने भनेको जनमतले हो । यस्तो जनमत सिर्जना हुन समाजमा शिक्षा तथा चेतनाको अवस्था सुदृढ हुन भने आवश्यक छ । त्यहाँ नागरिकमैत्री आमसञ्चार माध्यम र तीनको प्रभाव नागरिकसम्म हुन आवश्यक छ । यसले दलको नेता र नागरिकसँगको सम्वन्धलाई जोड्ने काम गर्दछ । पछिल्लो समय सामाजिक सञ्जालको विकास भएपछि नेताहरु सोझै नागरिकसँग पनि जोडिन थालेका छन् ।
    राजनीतिक दलप्रति बितृष्णा बढिरहेकै बेला सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनले केही सकारात्मक सन्देश दिएका छ ।
    पदाधिकारीमा लोकप्रिय नेताहरु निर्वाचित भए । गगन थापा र विश्वप्रकाश शर्मा । प्यानल बलियो नभएसम्म चुनाव जित्न सकिदैन भन्ने भनाई कमजोर सावित भएको छ । कार्यकर्ताहरु चाकडी र चाप्लुसी गरेर टिममै पर्न मरिहत्ते गर्ने आम प्रचलनलाई यो घटनाले कमजोर बनाएको छ ।
    कांंग्रेसको गूटवन्दी भनेको आफु सुरक्षित हुन शक्तिशाली नेतासँग गूटवन्दी गर्न कार्यकर्ता लालायीत हुने गर्दथे । गूटवन्दीमा राम्रो क्षमता भए ऊ सहजै नेता हुन सक्ने परिपाटी थियो । यसले गर्दा नेपाली राजनीतिमा गूटवन्दी मौलाएको देखिन्छ ।
    राम्रो कामको लागि भएको गूटवन्दीलाई स्वभाविकै मान्न सकिएला । तर हामीले विगतदेखिका नै गूटवन्दी हे¥यौ भने आपूmलाई केन्द्रमा राखेर गरेको देखिन्छ । व्यक्तिलाई केन्द्रित गरेर गूटवन्दी हुँदा यसले नेपाली राजनीतिमा बिकृति ल्याइरहेको छ ।
    कांग्रेस महाधिवेशनमा अहिले पूराना खारिएका नेताहरुको पराजय र नयाँ युवाहरुको विजयले त्यो गूटवन्दी चिर्ने दिशामा कांग्रेस अगाडि बढ्न थालेजस्तो देखिएको छ ।
    यो घटनाले नेपाली कांग्रेस मात्र होइन अन्य ठूला राजनैतिक दलका युवाहरु समेत खुशी भएका छन् ।
    एउटा ठूलो राजनैतिक दलको नृेतृत्वमा योग्य मानिसको छनौटले मुलुकको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।
    गगन थापाको नागरिकसँग सञ्चार गर्न सक्ने शैलीले मात्र उनलाई लोकप्रिय गराएको होइन । उनी केही समय अगाडि छोटो समय स्वास्थ्य मन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार गरेका छन् । उनले अगाडि बढाएका नीति तथा कार्यक्रमहरु अहिले प्रभावकारी रुपमा कार्यान्वयन भइरहेका छन् ।
    त्यसो त विश्व प्रकाश शर्मा विद्यार्थी राजनीतिबाट राजनीति शुरु गरेका सरल विद्यार्थी नेता हुन् । उनको साधारण जीवनशैली र राम्रो भाषण गर्ने क्षमताले उर्नी कमजोर गूटका बावजूद महामन्त्रीमा निर्वाचित भएको भन्न सकिन्छ ।
    यसअघि पार्टी प्रवक्तामा रहँदा उनले गरेको कामको मूल्यांकन पनि हुन सक्छ । नेताले पन्छाए पनि कार्यकर्ताले जिताएका नेता हुन् उनी ।
    यी दुई नेता मात्र होइन कांग्रेस महाधिवेशनमा वडादेखि पालिका, प्रदेश र जिल्ला तहसम्म युवा नेतृत्व आउनुले नेपाली राजनीतिको पुनर्जागरणको रुपमा यसलाई ल्याउन सकिन्छ । मुलुकको क्रियाशिल जेठो राजनीतिक दलमा देखिएको यो उत्साह अन्य दलमा पनि सञ्चार हुँदै जाने वा यसको प्रभाव पर्ने देखिन्छ ।
    युवाको बढ्दो आंकाक्षाको भोक युवाले नै बुभ्mन सक्छन् । सचेतीकरणतर्फ अगाडि बढिरहेका युवाहरुको ढुकढुकीको नेतृत्व गरेर पार्टीको उच्च तहमा पुगेका युवाहरुबाट राखिएको अपेक्षा ठूलो छ । त्यो अपेक्षा पूरा गर्न गगन र विश्वप्रकाशको भूमिका कस्तो हुन्छ ? आगामी दिनमा उनीहरुको भूमिकाले पनि राजनीतिमा युवाको सहभागीतालाई कस्तो बनाउने भन्ने कुराको निर्धारण गर्दछ । कांग्रेस महाधिवेशनमा नेतृत्व गर्ने समपूर्ण युवाहरुलाई शुभकामना ।
    – रिजाल नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष हुनुहुन्छ।

    मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation