– सञ्जय रिजाल ।
नेपालको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनले चयन गरेको नेतृत्वको परिणाम अहिले आइरहेको छ ।
सत्तारुढ दल त्यो पनि नेपाली राजनीतिक आन्दोलनमा विशिष्ट योगदान पु¥याएकोले यतिबेला कांग्रेसप्रति धेरैको नजर पुगेको छ ।
पछिल्लो विश्वव्यापी मान्यता अनुसार खुला समाज, उदार लोकतान्त्रिक प्रणालीको वकालत थापनाकालदेखि नै कांग्रेसले गर्दै आइरहेको छ । अहिले त्यही नीति अनुसार नै नेपालको राजनीतिक शासन प्रणाली पनि सञ्चालन भइरहेको छ । तर नागरिकका अपेक्षाहरु किन पूरा भइरहेका छैनन् भन्ने प्रश्न यतिबेला पेचिलो बनेको छ ।
कुनै पनि नीतिलाई कार्यान्वयन गर्ने व्यक्तिले हो । व्यक्तिको इच्छाशक्तिले मात्र प्रणाली बलियो बन्ने हो । अहिले हाम्रा विकास निर्माणलाई अगाडि बढाउने प्रणालीहरु कमजोर छन् । हाम्रा संरचनाहरुको व्यवस्थापकीय क्षमता कमजोर छन् । यसो हुनुमा ती संरचनाहरुको नेतृत्व गर्ने भनेको अन्तिममा गएर सरकार नै हो, त्यो सरकार सञ्चालन गर्ने मन्त्रीहरु नै हुन् । ती मन्त्रिहरुलाई निर्देशन गर्ने प्रधानमन्त्री नै हुन् ।
नीति राम्रा हुनु र त्यसको कार्यान्वयन फितलो हुनु भनेकै व्यक्तिमाथिको समस्या हो । संरचनामाथिको समस्या हो । यसको सुधार गर्ने भनेको व्यक्तिले हो ।
हामीले संसारभरका मुलुक सुधारिएको इतिहास हे¥यौ भने कुनै न कुनै व्यक्तिले योगदान पु¥याएका छन् ।
अब त्यो व्यक्ति कस्तो हुनुपर्छ भनेर चर्चा गरौं । मुलुकको अवस्था लाई सुक्षम तरिकाले बुझेको, विकासका सम्भावना पहिल्याउन सक्ने । मुलुकलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी गराउन सक्ने क्षमता राख्ने। नागरिकका दैनिक जनजीवनका समस्यालाई सम्वोधन गर्न सक्ने । नागरिकहरुसँग दोहोरो सञ्चार सहजै गर्न सक्ने । नागरिकलाई विकास निर्माण कार्यमा सहभागी गराउन सक्ने ।
यी माथि उल्लेख गरिएका क्षमता भएको अहिले हाम्रो शासनको सर्वोच्च पद प्रधानमन्त्री हुने हो भने हाम्रो विकासको कायापलट हुने सायदै धेरै समय लाग्ने थिएन होला । यी त परिकल्पनाका कुरा मात्र भए । यस्तो नेतृत्व क्षमता भएको मानिस सहजै उपलव्ध हुँदैनन् । यदि उपलव्ध भइहाले पनि त्यस्तो नेतृत्वलाई संरक्षण गर्ने भनेको जनमतले हो । यस्तो जनमत सिर्जना हुन समाजमा शिक्षा तथा चेतनाको अवस्था सुदृढ हुन भने आवश्यक छ । त्यहाँ नागरिकमैत्री आमसञ्चार माध्यम र तीनको प्रभाव नागरिकसम्म हुन आवश्यक छ । यसले दलको नेता र नागरिकसँगको सम्वन्धलाई जोड्ने काम गर्दछ । पछिल्लो समय सामाजिक सञ्जालको विकास भएपछि नेताहरु सोझै नागरिकसँग पनि जोडिन थालेका छन् ।
राजनीतिक दलप्रति बितृष्णा बढिरहेकै बेला सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनले केही सकारात्मक सन्देश दिएका छ ।
पदाधिकारीमा लोकप्रिय नेताहरु निर्वाचित भए । गगन थापा र विश्वप्रकाश शर्मा । प्यानल बलियो नभएसम्म चुनाव जित्न सकिदैन भन्ने भनाई कमजोर सावित भएको छ । कार्यकर्ताहरु चाकडी र चाप्लुसी गरेर टिममै पर्न मरिहत्ते गर्ने आम प्रचलनलाई यो घटनाले कमजोर बनाएको छ ।
कांंग्रेसको गूटवन्दी भनेको आफु सुरक्षित हुन शक्तिशाली नेतासँग गूटवन्दी गर्न कार्यकर्ता लालायीत हुने गर्दथे । गूटवन्दीमा राम्रो क्षमता भए ऊ सहजै नेता हुन सक्ने परिपाटी थियो । यसले गर्दा नेपाली राजनीतिमा गूटवन्दी मौलाएको देखिन्छ ।
राम्रो कामको लागि भएको गूटवन्दीलाई स्वभाविकै मान्न सकिएला । तर हामीले विगतदेखिका नै गूटवन्दी हे¥यौ भने आपूmलाई केन्द्रमा राखेर गरेको देखिन्छ । व्यक्तिलाई केन्द्रित गरेर गूटवन्दी हुँदा यसले नेपाली राजनीतिमा बिकृति ल्याइरहेको छ ।
कांग्रेस महाधिवेशनमा अहिले पूराना खारिएका नेताहरुको पराजय र नयाँ युवाहरुको विजयले त्यो गूटवन्दी चिर्ने दिशामा कांग्रेस अगाडि बढ्न थालेजस्तो देखिएको छ ।
यो घटनाले नेपाली कांग्रेस मात्र होइन अन्य ठूला राजनैतिक दलका युवाहरु समेत खुशी भएका छन् ।
एउटा ठूलो राजनैतिक दलको नृेतृत्वमा योग्य मानिसको छनौटले मुलुकको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।
गगन थापाको नागरिकसँग सञ्चार गर्न सक्ने शैलीले मात्र उनलाई लोकप्रिय गराएको होइन । उनी केही समय अगाडि छोटो समय स्वास्थ्य मन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार गरेका छन् । उनले अगाडि बढाएका नीति तथा कार्यक्रमहरु अहिले प्रभावकारी रुपमा कार्यान्वयन भइरहेका छन् ।
त्यसो त विश्व प्रकाश शर्मा विद्यार्थी राजनीतिबाट राजनीति शुरु गरेका सरल विद्यार्थी नेता हुन् । उनको साधारण जीवनशैली र राम्रो भाषण गर्ने क्षमताले उर्नी कमजोर गूटका बावजूद महामन्त्रीमा निर्वाचित भएको भन्न सकिन्छ ।
यसअघि पार्टी प्रवक्तामा रहँदा उनले गरेको कामको मूल्यांकन पनि हुन सक्छ । नेताले पन्छाए पनि कार्यकर्ताले जिताएका नेता हुन् उनी ।
यी दुई नेता मात्र होइन कांग्रेस महाधिवेशनमा वडादेखि पालिका, प्रदेश र जिल्ला तहसम्म युवा नेतृत्व आउनुले नेपाली राजनीतिको पुनर्जागरणको रुपमा यसलाई ल्याउन सकिन्छ । मुलुकको क्रियाशिल जेठो राजनीतिक दलमा देखिएको यो उत्साह अन्य दलमा पनि सञ्चार हुँदै जाने वा यसको प्रभाव पर्ने देखिन्छ ।
युवाको बढ्दो आंकाक्षाको भोक युवाले नै बुभ्mन सक्छन् । सचेतीकरणतर्फ अगाडि बढिरहेका युवाहरुको ढुकढुकीको नेतृत्व गरेर पार्टीको उच्च तहमा पुगेका युवाहरुबाट राखिएको अपेक्षा ठूलो छ । त्यो अपेक्षा पूरा गर्न गगन र विश्वप्रकाशको भूमिका कस्तो हुन्छ ? आगामी दिनमा उनीहरुको भूमिकाले पनि राजनीतिमा युवाको सहभागीतालाई कस्तो बनाउने भन्ने कुराको निर्धारण गर्दछ । कांग्रेस महाधिवेशनमा नेतृत्व गर्ने समपूर्ण युवाहरुलाई शुभकामना ।
– रिजाल नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष हुनुहुन्छ।