कामनाडेली, प्युठान। प्युठान नगरपालिका २ राटामाटामा उत्पादन गर्न थालिएको छ ।
जिल्लामा नै पहिलो पटक यहाँ उद्योग नै स्थापना गरेर महिलाहरुले महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड उत्पादन गर्न थालिएको हो । स्थानिय इन्दिरा पोख्रेलले २५ लाख रुपियाँ लगानीमा सेनेटरी प्याड उद्योग सञ्चालन गरिएको बताउनुभयो। गाउँमै प्याड उत्पादन सुरु भएदेखि महिनावारी भएको बेला थाङ्नो कपडा प्रयोग गर्ने महिलाहरुले पनि प्याड नै प्रयोग गर्न थालेका छन्। पोखरेलले भन्नुभयो– ‘ किशोरी तथा महिलाहरूको समस्यालाई ध्यानमा राखेर उद्योग खोलेको हुँ।’
उद्योगमा अहिले ४ जना कर्मचारी समेत राखिएको छ। यहाँ उत्पादित प्याड प्युठानमै खपत हुने गरेको छ। छिमेकी जिल्लाहरुमा समेत प्याड निर्यात गर्ने तयारी गरिएको पोखरेलको भनाई छ । उहाका अनुसार हालसम्म उद्योगमा करिब १३ हजारभन्दा बढी प्याडको प्याकेट तयार भएको छ । पाँच हजारभन्दा बिक्री भैसकेको छ ।
बजारमा पाइने उत्पादनको तुलनामा यो प्याड सस्तो र गुणस्तरिय रहेको उहाँले बताउनुभयो । गाउँमै उत्पादन भएको एक प्याकेट प्याड ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।