काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
Advertisement
सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले अधुरा कामलाई पूर्णता दिन उम्मेदवारी दिएको बताउनुभउको हो । यसअघि नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको थियो ।