अनुज पछाई , प्यूठान । प्यूठानबाट चितवनमा ३५ सय बढी कार्यकर्ता जाने भएका छन् । मंसिर १० गतेदेखि सुरु हुने नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनको उद्वाटन कार्यक्रममा सहभागी हुन कार्यकर्ताहरु चितवन जान लागेका हुन। कार्यकर्तालाई चितवन लैजानका लागि विभिन्न स्थानबाट ६० ओटा ठुला बस र साना गाडी सहित सय बढी मोटरसाइकलको तयारी गरिएको छ । प्यूठानदेखि चितवनको दुरी धेरै लामो भएको र बाटोको बिचबिचमा जाममा पर्न सक्ने सम्भावना देखिएकाले प्यूठानका सबै पालिकाबाट मंसिर ९ गते दिउसोदेखि नै चितवनका लागि गाडीहरू छुटने योजना रहेको एमाले प्युठानले जनायो। यातायत ब्यबस्थापनको जिम्मा सबै वार्ड तथा पालिकाहरुले गरेको एमाले प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले जानकारी दिए ।
उद्घाटन सत्रको कार्यक्रमको लागि प्यूठानबाट बिहिबार दिउँसो देखि नै कार्यकर्ताहरु चितवन यात्रामा निस्किएका छन।
प्यूठान -काठमाडौं सम्पर्क मञ्चबाट समेत चितवनका लागि गाडिको व्यबस्थापन गरिएको छ। मंचका संयाेजक शंकर जिसीका अनुसार शुक्रबार बिहानसम्म सम्म ३ सय बढी एमाले कार्यकर्ता चितवन पुगिसक्ने छन । त्यस्का लागि जिफण्ट र प्रदेश सम्पर्क मञ्चसँग समन्वय गरिएको जिसीले बताउनुभयो।
यस्तै महाधिवेशनको उद्घाटन समारोहमा सवारी साधनमा जाने कार्यकर्ताले मदिरा सेवन, चुरोट, सुर्ती, गुटका खान नपाईने जस्ता आचारसंहिता लागु गरिएको छ ।
प्यूठानबाट ३५ सय एमाले कार्यकर्ता चितवन जाँदै
प्यूठानबाट ३५ सय एमाले कार्यकर्ता चितवन जाँदै
Advertisement
तपाईको प्रतिक्रिया