• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

महिनावारी रोक्ने औषधिको जथाभावी प्रयोगले ज्यानै जाने जोखिम 


  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
  • अनुज पछाई, प्युठान । हिन्दु धर्मावलम्बीहरूमध्ये कतिपयले महिनावारी हुनुलाई अछुत मान्छन् । यही मान्यताका कारण महिनावारी भएको अवस्थामा महिलाहरू पूजापाठ, चाडपर्व मान्नबाट बञ्चित हुने गरेका छन् । विशेष चाडपर्वहरू दशैं, तिहार, पूजापाठबाट बञ्चित हुने डरले महिनावारी हुने समय भएको अवस्थामा कतिपय महिलाहरूले महिनावारी पछाडि सार्न अथवा अगाडि सार्नका लागि औषधि खाने गरेको पाइन्छ । त्यसरी जथाभावी औषधि खाँदा स्वास्थ्यमा निकै ठूलो असर गर्ने चिकित्सकहरु बताउछन ।
    तिहार सुरु भएयता प्यूठान बिजुवारको एक निजि स्वास्थ्य किलनिकबाट करिब ५० भन्दा बढी महिला तथा किशोरीहरुले महिनाबारी रोक्ने औषधि किनेर लगिसकेको निजि क्लिनिकका सञ्चालकले बताएका छन । औषधिको बारेमा बुझेर खादा त्यति धेरै असर नगर्ने तर जथाभावि औषधि प्रयोग गर्दा निकै ठूलो समस्या हुने स्वास्थ्य कार्यालय प्यूठानकी पब्लिक हेलथ नर्स रिता न्यौपानेले बताउनुभयो ।
    “कुन औषधि कहाँबाट, कसरी, कत्ति मात्रामा खाने भन्ने थाहा पाएर खाँदा स्वास्थ्यमा त्यति असर गर्दैन ।” न्यौपानेले भनिन– “काउन्टर सेलिङमा गएर औषधि किनेर जथाभावि खाँदा, औषधिको दुरुपयोग हुँदा अवश्य स्वास्थ्यलाई गम्भीर असर गर्छ ।”
    पछिल्लो समयमा औषधि दुरुपयोग भएको पब्लिक हेल्थ नर्स न्यौपानेले बताइन।  –“औषधिको दुरुपयोग मैले किन भनेको हो भने जेका लागि जुन औषधि दिनुपर्ने त्योभन्दा फरक औषधि पनि दिएको पाइन्छ । अथवा महिलाहरुले खाएको पाइन्छ ।” उनले भनिन – “खाली महिनावारी पर सार्नको लागि पनि इमरजेन्सी कन्ट्रासेप्सनहरु पनि खुवाउँछन् । महिनावारी पर सार्नलाई निजो प्रोस्टोन, प्रोजेस्टेरोन पनि खुवाउँछन् र स्ट्रेजोन प्रोजेस्टेरोन कम्बाइन पिल्स पनि खुवाउँछन् । यस्तो धेरै तरिकाको औषधिहरूको काम, त्यसले पर्नसक्ने असर जानेर, बुझेर, हिसाब गरेर नखानु भनेको दुरुपयोग गर्नु–हुनु हो ।”

    Advertisement

    औषधि प्रयोग गर्ने व्यक्तिलाई अथवा मेडिकललाई यसको ज्ञान हुन जरुरी रहेको नर्स न्यौपानेको भनाइ छ । –“दुवै पक्षलाई ज्ञान, जिम्मेवार हुन जरुरी छ । तर, सामान्य व्यक्तिलाई नहुँदा मेडिकल जसले औषधि विक्रेता अथवा दिने व्यक्ति अझ जिम्मेवारी बढी हुनुपर्छ । औषधि मागेपछि केही नबुझी दिनुहुँदैन । किन, केको लागि बुझेर दिनुपर्छ ।” उनले भनिन “प्रयोग गर्ने व्यक्तिले पनि आफूलाई आवश्यक परेको बेला मेडिकलमा गएर माग्ने र जाँच नगरी दिन्छ भने सचेत हुन जरुरी छ । औषधि विक्रेताले पनि डाक्टरको सिफारिसको आधारमा दिनुपर्छ ।”

    औषधि किन्न आउने व्यक्तिले केका लागि औषधि खान खोजेको हो बुझ्नुपर्ने नर्स न्यौपानेको भनाइ छ । –“महिनावारी अगाडि सार्न अथवा पछाडि सार्न, अथवा कति दिन अगाडि अथवा पछाडि सार्न खोजेको हो भन्ने जानकारी लिनुपर्छ । कति दिन भो महिनावारी भएको, सामान्य समयमा कत्ति दिनमा महिनावारी हुने गरेको छ जस्ता जानकारी लिनुपर्छ । गर्भवती भएको हुनसक्ने सम्भावना पनि रहन्छ । त्यसैले विक्रेता अथवा चिकित्सक एकदम सचेत हुन जरुरी छ उनले भनिन –“कुन औषधि खाँदा कति दिन पर अथवा अगाडि सार्छ, महिनावारी भएको कति दिनपछि कुन औषधि दिने भन्ने कुरा महत्वपूर्ण हो । जसले महिलाको शरीरको हर्मोनसँग ट्याली गर्नुपर्छ । केही थाहै नपाई दिनमा तीनवटा खानु अनि छोड्नु भन्ने गरेको पाइन्छ । छोडेपछि रगत बगेको बगै भएर समस्या भएको अवस्था आउने जोखिम हुन्छ ।”

    सकेसम्म औषधि खाएर, महिनावारी पर अथवा वर सार्नु ठीक होइन । तर कतिपय अवस्थामा विशेषगरी महिनावारी हुँदा धेरै पेट दुख्ने, केही गर्नै नसक्ने हुने महिलाको हकमा यात्राहरू गर्दा समस्या हुन सक्छ ।
    त्यस्तो अवस्थामा प्रयोगकर्ता तथा बिक्रेता दुबैले सबै जानेर, बुझेर औषधि दिने हो भने सबैभन्दा सुरक्षित चाँहि प्रोजेस्टेरोन रहेको महिला रोग बिशेषयज्ञहरुले बताउछन । यसको सही सदुपयोग भयो भने धेरै हानि नगरेपनि कसरी, कति दिन, कति मात्रामा दिने भन्ने कुराचाँहि महिनावारी हुन कति दिन बाँकी छ र प्रयोग गर्ने व्यक्तिको शरीरको हर्मोन लेबल कति पुगेको छ–हुन्छ बुझेर मात्रै भन्न सकिने चिकित्सकहरु बताउछन ।
    “जथाभावी यस्ता औषधिको प्रयोग गर्दा ज्यान जानसक्ने खतरा हुन्छ । ” स्वास्थ्य कार्यालय प्यूठानकी पब्लिक हेल्थ नर्स रिता न्यौपानेले भनिन –“केहीदिन खाने र छोडेपछि अत्यधिक रक्तस्राव भई महिलाको ज्यान जाने जोखिम हुन्छ । त्यस्तै, गर्भवती भएको अवस्था रहेछ भने गर्भ खेर जाने र भविष्यमा गर्भाधारण गर्न सक्ने अवस्था नरहन सक्छ । थाहा नपाई दिएको–खाएको औषधिले जे पनि हुनसक्ने जोखिम भएकोले एकदम सचेत भएर बुझेर औषधिको प्रयोग गर्नुपर्छ ।”
    कुनै धार्मिक कार्य या कुनै विशेष अवसरमा सहभागी हुन भनेर रजस्वला रोक्न यस्तो औषधि पटकपटक प्रयोग गर्दा तत्कालै र भविष्यमा समेत निकै असर पुग्ने गर्छ ।
    महिनावारी रोक्ने औषधिको पटक पटक प्रयोग गर्नाले स्वास्थ्यका लागि घातक हुन्छ । यस्तो औषधिले क्यान्सर समेत हुन सक्छ । यस कारण पटक पटक प्रयोग गर्नु हुँदैन् यस्तो औषधि बजारमा सहजै पाइन्छ।
    महिनावारी अनियमित हुने । महिनावारी हुदा पेट धेरै दुख्ने,कोहीमा बढी रगत देखिने त कोहीमा कम । स्तन दुख्ने, स्तानमा गिर्खाहरु देखिने । तौल बढ्ने, उच्च रक्तचाप,भविष्यमा स्तान र पाठेघरको क्यान्सरको जोखिम औषधिको साइड इफेक्टबाट बच्ने उपाय यो औषधि जति सहज र सस्तोमा उपलब्ध छ ।
    यसको प्रयोगले दिने परिणाम भने राम्रो छैन् । समाजमा यसको बारेमा कमै मात्र महिलालाई जानकारी छ । जानकारी भएका महिलालले पनि सहज हुने भएकाले पटक पटक यो औषधि प्रयोग गर्ने गरेका छन् । यस्तो समस्याबाट बच्न प्रयोगकर्ता महिला नै सजक हुनु पर्ने छ । रजस्वला नियमित प्रक्रिया हो । यसलाई रोक्नु हँुदैन् र कुनै पनि कार्य गर्न यसले बाधा पार्दैन भनेर बुझ्न जरुरी छ ।
    साथसाथै सरकारी स्तरबाट पनि यो औषधिको प्रयोगमा जनचेतना फैलाउनुपर्छ । यसले गर्ने साइड इफेक्ट र रजस्वला सम्बन्धी भ्रम हटाउन जनचेतना जगाउन जरुरी छ ।

    शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation