कामनाडेली, प्युठान। नेकपा एमाले गौमुखी गाउँपालिकाको अध्यक्षमा जुमान सिंह जि सी चयन हुनुभएको छ । ज्ञानुमाया केसीले दाबि छोडेपछि जिसीलाई सर्वसम्मत रुपमा पालिका कमिटीको अध्यक्षमा चयन गरेको हो ।
यहा धेरै आँकाक्षि देखिएकाले नेतृत्व छान्न सकस परेको थियो । जिल्लाका अन्य आठ पालिकामा भने यस अघि नै नेतृत्व चयन गरिसकिएको छ ।
Advertisement
गौमुखीमा निर्वाचित एमाले पदाधिकारी :
अध्यक्ष – जुमान सिंह जि सी
उपाध्यक्ष – चन्द्र के सी(सुबास)
सचिव – वसन्त चन्द
उप सचिव – गिता बोहोरा
उप सचिव – याम बहादुर थापा
एमाले प्युठानका अनुसार प्रथम पालिका अधिबेशनबाट गौमुखिमा ७५ सदस्यीय गाउँपालिका कमिटी निर्बाचित भएको छ।