• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. इन्धन प्रयोगबारे फैलिएको भ्रमबारे मुसिकोट नगरपालिकाको स्पष्टीकरण

  • १०. प्युठान एसईईः नतिजामा सुधार,चार जीपीए भने शून्य

महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै


  •   मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
  • सप्तरी। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि (बुधबार) विभिन्न कार्यक्रम गरी सप्तरीको कञ्चनरुपमा मनाइँदैछ ।

    Advertisement

    सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक संघको आयोजना तथा कञ्चनरुप नगरपालिकाको सहयोगमा साहित्यिक गोष्ठी एवम् शुभकामना आदानप्रदान हुने प्रलेस सप्तरीका उपाध्यक्ष मेघराज पौडेलले जानकारी दिनुभयो । यसअघि कञ्चनरुपमा १११औं देवकोटा जयन्ती मनाएकोमा गत वर्ष कोभिड–१९ ले प्रभावित हुँदा मनाउन नपाइएको पौडेलले बताउनु भयो ।
    साहित्यिक गोष्ठीमा देवकोटा जीवनी र योगदानबारे चर्चा तथा साहित्यकारहरुले आफ्नो सिर्जना वाचन गर्नुहुने कार्यक्रम रहेको छ ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो ।
    दस वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको छ । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु भयो ।
    नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो । नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताउनुभएको थियो।
    विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभयो । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसङ्ग्रह’ प्रकाशन गर्नुभएको थियो ।

    वि.सं. २०१६ सालमा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनु भएको थियो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।

    मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित
    प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न
    गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ विमोचित
    ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक
    बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ४.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • ५.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ६.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ७.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ८.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation