बुटवल । अनेरास्ववियु रुपन्देहीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै सरकारले पेट्रोलियम पदार्थ र एल.पी ग्यासको मूल्य वृद्धि गरी जनताको ढाड सेक्ने काम भएको भन्दै मुल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा मुल्यृद्धिको घोर निन्दा एवम् विरोध गरिएको छ। सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्वि फिर्ता नलिए संघर्षमा उत्रिने अनेरास्वबियुले चेतावनीसमेत दिईएको छ ।
Advertisement