• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

एमालेसँग एक्लै भिड्ने सामर्थ्य कुनै दलमा छैन : रायमाझी


  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले निर्वाचनमा नेकपा एमालेसँग एक्लै भिड्न सक्ने सामर्थ्य कुनै दलमा नभएको बताउनुभएको छ ।
    नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पहिलो अधिवेशनलाई आज सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले नेकपा एमाले प्रति जनताले देखाएको अपार माया,बलियो संगठन र अनुशाशित कार्यकर्ता त्यसको प्रमाण भएको दावी गर्नुभयो ।
    आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर प्रचण्ड ,माधव समुह कांग्रेसको शरणमा गएको भन्दै उहाँले परमादेश बाट निर्मित देउवा नेतृत्वको सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो । नेता रायमाझीले वर्तमान सरकार स्वार्थ समुहको झुन्ड भएको आरोप समेत लगाउनुभयो । हालै सम्पन्न ऐतिहासिक बिधान अधिवेशनले पार्टीमा गति पैदा गरेको भन्दै वडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसक्दा नेकपा एमालेमा देखिएको अजय शक्तिलाई रोक्न सक्ने सामर्थ्य कुनै दलमा नभएको उहाँको दाबी थियो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा सबैदल मिलेर चुनाव लडें पनि नेकपा एमालेलाई जित्न नसक्ने भन्दै उच्च मनोबलका साथ जनता बीच जान कार्यकर्तालाई निर्देशन दिनुभयो । लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री आचार्यले वैदेशिक शक्ति केन्द्रको ईसारामा निर्मित परमादेश वाला सरकार मुलुकको लागि बोझ भएको भन्दै मुलुकमा निर्वाचनको बिकल्प नभएको जिकिर गर्नुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले स्पष्ट बहुमत ल्याउने देखेपछि प्रतिक्रियावादी दलालको मोर्चामा छट्पटी सुरुभएको दावी गर्नुभयो । नेकपा एमालेका कारण अर्घाखाँची जिल्लाले मुहार फेरेको भन्दै उहाँले निस्वार्थ भावले बिकास निर्माण र जनसेवामा जुटीरहेको बताउनुभयो ।
    नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिव अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल,एमाले सन्धिखर्क नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ ,नगर कमिटीका कार्यालय सदस्य विष्णु परियार लगायतका वक्ताहरूले मन्तव्य राख्दै अर्घाखाँचीमा नेकपा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
    अधिबेशनको बन्द-शत्र अहिले चलिरहेको छ । कार्यक्रममा ठुलो संख्यामा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    Advertisement

    मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...