दाङमा टाटा सुमो दुर्घटनाः ८ जना घाइते( नाम सहित)

दाङ। दाङमा टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्युठानबाट दाङको लमही नगरपालिका स्थित सतबरिया जाँदै गरेको रा १ ज १३७ नं. को गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते मध्ये ३ जनालाई सामान्य चोट लागेको र ५ जनाको अवस्था मध्यम रहेको वडा प्रहरी कार्यालय लमहीकी हवल्दार डिलु योगीले जानकारी दिनुभयो ।
मध्यम घाइते भएका ५ जनालाई लमहीमा सामान्य उपचारपछि रुपन्देहीको बुटवल रेफर गरिएको छ। प्युठानको प्युठान गरपालिका वडा नं. ५ की ५३ वर्षीया तिलसरी राणा, सोही ठाउँकै १३ वर्षीया रविना घर्ती, वर्ष २२ की कुमारी राणा, वर्ष ९ का विजय घर्ती र दाङ लमही नगरपालिका वडा नंं. ६ का ३६ वर्षीय तुलसीराम न्यौपानलाई रेफर गरिएको उहाँले बताउनुभयो।
त्यस्तै प्युठान नगरपालिका वडा नं. ५ कै ३४ वर्षीय गणेश घर्ती, सोही ठाउँकै २२ वर्षीया लक्ष्मी खड्का र ३ वर्षीय आरोश खड्काको भने लमही अस्पतालमा उपचार भइरहेको छ ।
प्युठानबाट सतबरियामा जग्गा हेर्न जाँदै गरेको गाडी आज दिउँसो करिब १२ः४५मा लमही नगरपालिका वडा नं. ७ पूर्व–पश्चिम राजमार्गको सशस्त्र प्रहरी व्यारेक नजिकै दुर्घटनामा परेको हो । गाडी नियन्त्रण हुन नसक्दा सडकमै पल्टिएको छ ।
ड्राइभरलाई भने चोट नलागेको र वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको हवल्दार योगीले बताउनुभयो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...