अनिल खत्री, गुल्मी । नेकपा एमाले को विधार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको स्थायी कमिटीमा गुल्मी जिल्लाबाट काशि पाण्डे मनोनित भएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीको बैठकले सचिवालय सदस्य समेत रहेका पाण्डेलाई स्थाई कमिटीमा मनोनित गरेको हो ।
अनेरास्ववियुमा स्थाई कमिटीलाई महत्त्वपूर्ण कमिटीको रूपमा लिईन्छ । पाण्डे लामो समयदेखि अनेरास्ववियु गुल्मीमा सक्रिय र विधार्थीमाझ लोकपिय्र नेताका रूपमा मानिन्छन् । पाण्डे अनेरास्ववियु को २२ औं राष्ट्रिय माहाधिवेशनबाट अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोगमा अत्यधिक मतले निर्वाचित भएका थिए ।
त्यस पश्चात अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्यहुँदै अहिले स्थायी कमिटीमा निर्वाचित भएका हुन् । स्पष्ट वक्ता रूपमा परिचित पाण्डे राजनीतिक र सामाजिक कार्यमा सक्रियहँुदै आएका छन् ।
स्थायी कमिटीमा मनोनित भएपछि पाण्डेले समग्र विधार्थीहरूको हकहितको लागी अझै गतिका साथ लाग्ने बताए ।
अनेरास्ववियुको स्थायी कमिटीमा गुल्मीबाट काशि पाण्डे मनोनित
अनेरास्ववियुको स्थायी कमिटीमा गुल्मीबाट काशि पाण्डे मनोनित
Advertisement
तपाईको प्रतिक्रिया