• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

लोकप्रिय समाचार

  • १. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • २. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • ३. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ४. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ५. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • ६. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ७. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ८. मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

  • ९. नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

  • १०. ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

कांग्रेस नवलपरासीमा देउवा इतर समुहको बर्चस्व


  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नगर अधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समुह कमजोर देखिएको छ ।
    जिल्लामा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य विक्रम खनालको दुई गुट छ । पार्टीमा स्व. खुमबहादुर खड्का समूहका कँडेल देउवा गुटका हुन् भने खनाल रामचन्द्र पौडेल समुहको शशांक गुटका हुन् ।
    ७ वटा पालिकामध्ये सुनवल नगरपालिका, बर्दघाट नगरपालिकामा खनाल समुहका उम्मेदवार विजयी भए भने सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा पनि खनाल समुहकै उम्मेदवार निर्विरोध विजयी भएका छन् ।
    त्यस्तै रामग्राम नगरपालिका, सरावल गाउँपालिकामा र पाल्हिनन्दन गाउँपालिकामा भने कंडेल समुहका उम्मेदवार निर्वाचित भएका छन् ।
    सुनवल नगरपालिका सभापतिमा सोमबहादुर रायमाझी निर्वाचित भएका छन् रायमाझिले कंडेल समुहका खेमराज पाण्डेयलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । रायमाझीले १७६ मत प्राप्त गर्दा पाण्डेयले ४९ मत पाए । अन्य पदाधिकारीमा समेत सबै पदमा रायमाझी प्यानलका उम्मेदवार विजयी भएका छन् ।
    उपसभापतिमा नेत्रप्रसाद भट्टराई १६० मत र रमेश कर्माचार्य १७३ मत सहित विजयी भएका छन् । पाण्डेय प्यानलका पेउनारायण न्यौपानेले ७७ र राधा केसी खत्रीले ३८ मत पाए ।
    सचिवमा रायमाझी प्यानलकै ओमप्रकाश बाह्रघरेले १८० मत र कुलानन्द पाण्डेले १५८ मत सहित विजयी भए । पाण्डे प्यानलका नेत्रलाल शर्मा (तिवारी) ले ४८ मत र तारा पाण्डेले ५३ मत पाए ।
    त्यस्तै सहसचिवमा रायमाझी प्यानलका गगाधर चापागाईंले १५७ मत र सरस्वती थापा क्षेत्रीले १८५ मत सहित विजयी भएका छन् भने पाण्डे प्यानलका केशवराज भण्डारीले ५० मत र पुरुषोत्तम पाण्डेले ४४ मत प्राप्त गरे ।
    बर्दघाट नगरपालिका सभापतिमा खनाल समुहका दामोदर जिसिको प्यानल बिजय भएको छ । जिसी १९३ मत सहित विजयी हुँदा कंडेल समुहका शम्भुलाल श्रेष्ठले १३५ मत पाए ।
    उपसभापतिमा मन्जु शर्मा चालिसेले १९१ मत र होमराज कुवरले १८६ मत सहित विजयी भए । श्रेष्ठ प्यानलका
    गणेशकुमार पौडेलले ११३३ र अर्जुन क्षेत्रीले १४० मत पाए । सचिवमा कृष्णप्रसाद काफ्लेले १८७ र हेमबहादुर क्षेत्रीले १८५ मत सहित विजयी भए भने श्रेष्ठ प्यानलका सुर्यप्रसाद पाण्डेले ११५ मत र केदार चौधरीले १४७ मत पाए । त्यस्तै सहसचिवमा रिना गौचन गुरुङले १९५ र फडेन्द्र चौधरीले १९३ मत सहित विजयी हुँदा श्रेष्ठ प्यानलका मिना बुढाथोकीले १२५ र नरेन्द्र बहादुर क्षेत्रीले ११३ मत पाए ।

    Advertisement

    सुस्ता र प्रतापपुर गाउँपालिकामा भने कंडेल समुहको उम्मेदवारी दर्ता नभएका कारण खनाल समुहको नेतृत्व निर्विरोध निर्वाचित भएको छ ।
    सुस्ता गाउँपालिका सभापतिमा रविन्द्र कुमार बनियाँ निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा नारायण पाण्डे, सचिवमा नारायण भण्डारी र अनिल कुमार महतो, र सहसचिवमा विधाता अहिर र जितेन्द्र कुमार थारु निर्विरोध निर्वाचित भएका हुन् ।
    यस्तै प्रतापपुर गाउँपालिका सभापतिमा ज्ञानेन्द्र कुमार पंजियार निर्विरोध निर्वाचित भएका छन् ।उपसभापतिमा नाथुराम क्षेत्रि र राजु प्रसाद अधिकारी, सचिवमा दिनेश उपाध्याय र कमलेश कुमार गुप्ता, सहसचिवमा निवास यादव र राजु धोवि निर्विरोध निर्वाचित भएका हुन् ।

    यस्तै रामग्राम नगरपालिका सभापतिमा कंडेल समुहका श्रीधर बस्याल निर्वाचित भएका छन् । बस्यालले खनाल समुहका उमाशकर श्रीवास्तबलाई पराजित गरेका हुन् । बस्यालले १९७ मत प्राप्त गर्दा श्रीवास्तबले ११५ मत पाए । अन्य पदाधिकारीमा समेत सबै पदमा बस्याल प्यानलका उम्मेदवार विजयी भएका छन् ।
    उपसभापतिमा नाथु यादव १९७ मत र प्रदिप खड्का २०१ मत सहित विजयी भएका छन् । श्रीवास्तब प्यानलका बलिराम यादवले १०१ मत र गिरिराज पाण्डेले ११३ मत पाए ।
    सचिवमा बस्याल प्यानलकै चौथिप्रसाद कोहारले २०९ मत र बिकास घिमिरेले २०२ मत सहित विजयी भए । श्रीवास्तब प्यानलका प्रभन्सप्रसाद गौडले १०२ र टकप्रसाद भुजेलले ९७ मत पाए ।
    त्यस्तै सहसचिवमा बस्याल प्यानलका शुभाष ज्ञवालीले १९९ र सन्दिप अग्रहरिले २१० मत सहित विजयी भएका छन् भने श्रीवास्तब प्यानलका विज्ञान सिहले ८९ मत र नेत्रप्रसाद चौधरीले १०७ मत प्राप्त गरे ।

    त्यस्तै पाल्हिनन्दन गाउँपालिकामामा कंडेल समुहका हरिहर चौहान सभापति सहितको पुरै प्यानल विजयी भएको छ । चौहानले ७७ मत प्राप्त गरि विजयी हुँदा खनाल समुहका गुड्डु गुप्ताले २० मत प्राप्त गरे ।
    उपसभापतिमा चौहान प्यानलका सादिया मुसलमान ७८ मत र शिवकुमार रौनियार ८० मत सहित विजयी भए । गुप्ता प्यानलका राजु सुनारले १६ र रञ्जित लोहारले १८ मत पाए ।
    सचिवमा चौहान प्यानलका जितेन्द्र गुप्ताले ७६ मत र शैलेश यादवले ६९ मत प्राप्त गरि विजयी भए भने गुप्ता प्यानलका दामोदर गुप्ताले १८ र मानेश्वर शहानीले २७ मत पाए । सहसचिवमा चौहान प्यानलका पन्नालाल केवट ७३ मत र राजकुमारी चौधरी ७८ मत सहित विजयी भएका छन् भने गुप्ता प्यानलका शैलेश गुप्ताले २० मत र हृदेश तिवारीले १५ मत प्राप्त गरे ।

    सरावल गाउँपालिकामा पनि कंडेल समुहका विनोद पाण्डेको पुरै प्यानल विजयी भएको छ ।
    पाण्डेले ७६ मत प्राप्त गरि विजयी हुँदा खनाल पक्षका इन्द्रबहादुर चौधरीले ४० मत पाए ।
    उपसभापतिमा पाण्डे प्यानलका महेन्द्र चौधरीले ८१ मत र शिवनाथ तिवारीले ७० मत प्राप्त गरि विजयी भए भने चौधरी प्यानलका उमापति बस्यालले ३७ मत र सुरज बानियाँले ३८ मत पाए । सचिवमा पाण्डे प्यानलका सञ्जय चौधरीले ६६ मत र राजु आहिर (यादव)ले ७२ मत प्राप्त गरि विजयी भए । चौधरी प्यानलका विधा न्यौपानेले ४१ मत र गोवरी यादवले ३९ मत पाए ।
    त्यस्तै सहसचिवमा पाण्डे प्यानलका रिताकुमारी चौधरीले ६९ मत र फिरोज खाले ७२ मत सहित विजयी भए भने चौधरी प्यानलका उमा चौधरीले ३९ मत र जसराम कहारले ३९ मत पाए ।

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक
    पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    लोकप्रिय

    • १.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • २.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ३.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ४.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ५.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • ६.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    भर्खरै

    • १.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

    • २.
      सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

    • ३.
      प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

    • ४.
      गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

    • ५.
      राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

    • ६.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

    • ७.
      काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

    • ८.
      ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation