बाँके। बाँके प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको १ लाख बढीको लत्ता कपडासँगै अन्य सामान बरामद गरेको छ।
Advertisement
आज विहान ११ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ बाट कपडा, चिनी, पास्ता, गाडिको सामान लगायतका विभिन्न सामानहरू प्रहरीले बरामद गरेको हो । उक्त सामान करिब १ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बरामद गरिएको सामानलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाईएको प्रहरीले बताएको छ।