• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रोल्पामा नेकपा ‘एस’ का नेता विश्वासीले भने,’ एमालेबाट विद्रोह गरेका हौँ ‘  


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • रोल्पा(लिबाङ )।  नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य भागवत विश्वासीले आफुहरुले एमालेबाट विद्रोह गरेको बताउनुभएको छ।

    Advertisement

     प्रेस चौतारी नेपाल रोल्पाले शनिबार लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले  एमाले पछिल्लो समय कम्युनिष्ट विचार, आस्था, सिद्वान्तबाट विचलित भएपछि  माधव कुमार नेपालको अध्यक्षतामा   नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको बताउनुभयो । पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज समेत रहनुभएका नेता बिश्वासीले समाजबादी पार्टीले नै नेपाली जनताको  आशा पूरा गर्ने जिकिर गर्नुभयो।  दुई तिहाई बहुमतको सरकारको नेतृत्वमा पुगेपछी केपी शर्मा ओलीले नेकपा एमालेले अगाडि सारेको कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य र कार्यक्रम चटक्कै बिर्सेर व्यक्तिवाद निरङ्कुश शासन शुरू गरेको नेता बिश्वासीले उल्लेख गर्नुभयो । उहाँले नेकपा समाजबादी पार्टीको नेतृत्वमा सबै कम्युनिष्टहरु अगाडि बढ्ने ठोकुवा गर्नुभयो।  संघिय लोकतान्त्रीक गणतन्त्र मास्न दाउ खेल्ने र संविधान मिच्ने काम गर्ने नेकपा (एमाले)को विरुद्वमा  सबै राजनीतिक दलहरू एक ठाउँमा उभिने दाबी उहाँले गर्नुभयो ।

    उहाँले नेकपा (एमाले)का सासंदहरुले प्रतिनिधि सभामा देखाएको व्यवहार नाटक मञ्चन भएको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।  एमसिसीको विषयमा राष्ट्रिय हित विपरितका वुदाहरुलाई संशोधन गरेर मात्र स्वीकृत गर्नुपर्ने पार्टीको आधिकारिक धारणा उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी रोल्पा जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगर, जनसाँस्कृतिक महासंघ केन्द्रीय उपाध्यक्ष पवित्रा घर्ती, जिल्ला सदस्य मनसिङ डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढामगर लगायतको आतिथ्यता थियो ।  प्रेस चौतारीको पूर्व उपाध्यक्ष धनराज डाँगीको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु मगर माझीले गर्नुभएको थियो ।

     रोल्पामा समाजवादीको पार्टी कार्यालय उद्घाटन 

    नेकपा (एमाले)बाट विद्रोह गरेर नव गठित पार्टी नेकपा एकीकृत समाजवादी रोल्पा जिल्लाको पार्टी कार्यालय

    उद्वघाटन भएको छ।  रोल्पा नगरपालिका ४ नंं. वडा लोकतान्त्रिक चोकमा रहेको पार्टि कार्यालयको नेता  विश्वासीले शानिरबार उद्घाटन गर्नुभएको हो ।

     बैठक सम्पन्न

    त्यस्तै, पार्टिको रोल्पा जिल्ला कमिटीको २२ आंै बैठक  लिबाङमा सकिएको छ ।

    बैठकले पुर्व एमालेको जिल्ला कमिटीलाई नै नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीमा रुपान्तरण गरेको छ ।  अहिले २१ जना थप गरि जिल्ला कमिटी तयार गरिएको नेकपा एकीकृत समाजवादी रोल्पा जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगरले बताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा  एमाले जिल्ला कमिटी रोल्पा आजको जिल्ला कमिटी बैठकबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको जानकारी दिनुभयो । बैठकले पार्टीको विभिन्न भागको जिम्मेवारी समेत बाँडफांड गरेको छ। जसमा पार्टीको कार्यालय सचिवमा टंक बुढामगर, आर्थिक विभागमा प्रमुख कृष्ण नेपाली, अखिल नेपाल महिला संघ रोल्पा जिल्ला अध्यक्षमा गीता नेपाली, पार्टीको प्रचार प्रसार विभाग प्रमुख किरण बुढामगरलाई जिम्मेवारी प्रदान गरेको छ ।

     ५ जना जनप्रतिनिधिले रोजे समाजवादी

    रोल्पामा ५ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी दल रोजेका छन।  त्रिवेणी गाउँपालिकाका एकजना कार्यपालिका सदस्य र माडी गाउँपालिका ३ नं. वडाका ४ जना वडा सदस्यहरुले नेकपा (एमाले) छाडेर नेकपा एकीकृत समाजवादी रोजेको  जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगरले बताउनुभयो ।  नयाँ दल सम्बन्धि दोस्रो संशोधित अध्यादेश अनुसार जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले एमाले र जसपाका जनप्रतिनिधिहरुलाई दल रोज्ने समय सीमा २१ दिन निर्धारण गरेको थियो । सोही अनुसार जिल्लामा निर्वाचनको समयमा एमालेबाट निर्वाचित जिल्लाका जनप्रतिनिधिहरूले दल रोजेका हुन् ।

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation