• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

वैज्ञानिक समाजवाद कम्युनिस्ट ध्रुविकरणको आधार


  •   बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
  • पोखरा । ६ वटा कम्युनिस्ट पार्टीका नेताहरुले बैज्ञानिक समाजवादलाई मूल्य आधार मान्ने हो भने मात्र नेपालका कम्युनिस्टहरुबीच ध्रुविकरण सम्भव हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालले पोखरामा विहीवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुले भने, ‘वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन कम्युनिस्ट आन्दोलनलाई केन्द्रीत गरौं, स्वतः ध्रुविकरणको वातावरण बन्नेछ ।’ एमालेका नेता खगराज अघिकारी, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि अधिकारी ‘कुमार’ नवगठित एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाध बराल, जनमोर्चा नेपालका प्रदेश अध्यक्ष शंकर बराल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी र नेकपा माओवादीका प्रवक्ता कृष्णप्रसाद जैसीले एकै स्वरमा उक्त विचार व्यक्त गरे ।
    नेपालका कम्युनिस्ट पार्टीहरुको आन्तरिक जीवन, पार्टी पद्धति, कार्यशैली र विधि कम्युनिस्ट अनुरुप हुन नसकेको सबै नेताहरुले स्वीकार पनि गरे । नेपालका कम्युनिस्ट पार्टीहरुभित्र कम्युनिस्ट आचरण व्यवहार नभएकोले आफूहरु जहाँ–जहाँ जुनपार्टीमा रहेपनि त्यहाँबाट सकारात्मक पहल गर्दै बैज्ञानिक समाजवाद मूख्य एजेण्डा बनाएर लाग्ने हो भने ध्रुविकरण संनिकट रहेको उनीहरुको धारणा थियो ।
    तर संसदीय व्यवस्थाको विकल्पमा जाने विषयमा भने नेताहरुका मत बाझिए । माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादीका नेताहरुले अहिलेको व्यवस्था परम्परागत संसदीय व्यवस्था नभई सुधारिएको संसदीय व्यवस्था भएको र यसलाई भुरपुर प्रयोग गर्दै समाजवादी व्यवस्थातिर रुपान्तरण गर्न सकिने बताए । क्रान्तिकारी माओवादी, नेकपा माओवादी र जनमोर्चा नेपालका नेताहरु भने संसदीय व्यवस्थाको विकल्पमा जानुपर्ने मत राखे ।
    गणतन्त्र स्थापनापछि हामी समाजवादी व्यवस्थाका जानका लागि राजनीतिक रुपमा वातावरण बनेको छ, आर्थिक र सामाजिक क्रान्तिको कार्यभार पुरा गरेपछि समाजवादको अर्को चरणमा प्रवेश गरिन्छ,’ एमालेका नेता खगराज अधिकारीले भने । तर क्रान्तिकारी माओवादी र नेकपा माओवादीका नेताद्धय नारायण अधिकारी र कृष्णप्रसाद जैसीले भने त्यसको ठाडै प्रतिवाद गरे । उनीहरुले भने, ‘कम्युनिस्टहरुलाई विभाजन गर्ने, कम्युनिस्ट आचरणबाट च्युत गर्ने र कम्युनिस्टहरुलाई अवसरवादी बनाउने नै संसदवाद हो, त्यसको विकल्पमा जाने हो भने समादवादी व्यवस्थाका लागि कम्युनिस्ट आन्दोलन नयाँ आधारमा खडा हुन्छ ।’ बैज्ञानिक समाजवादमा जाने हो भने संसदवादलाई त्याग्नसक्नुपर्ने नेताद्धयको धारणा थियो।
    एमाले नेता अधिकारीले अहिलेसम्म कम्युनिस्टहरुले वर्गीय विश्लेषण नगरेकाले कम्युनिस्ट आन्दोलन अलमलमा परेको तर्क दिए । ‘पुष्पलालले चिनियाँ कम्युनिस्ट आन्दोलनलाई बुझेर वर्ग विश्लेषण गर्नुभयो, वास्तवमा नेपाली समाजको वर्ग विश्लेषण अहिलेसम्म भएकै छैन ।’ नयाँ समाज विकासका आधारमा वर्ग विश्लेषण गरौं, समाजवादका लागि सडकमा जाऔं, त्यही सडकमै ध्रुविकरणसहित एकता पनि हुन्छ,’ नेता खगराजको दावी थियो ।
    माओवादी केन्द्रका नेता कुमारले भने, ‘प्रचण्ड र मदन भण्डारी नेतृत्वमा भएको आन्दोलनको प्रतिफल नै अहिलेको गणतन्त्र हो, मूख्यतः जनयुद्धको धक्काले निरंकुशतन्त्र पछारियो, ०६२÷६३ को जनक्रान्तिले संस्थागत ग¥यो । अहिले नेपालमा दुई खाले प्रवृति बोकेका कम्युनिस्ट पार्टीहरु भएको र क्रान्तिकारी विचारले जित्नेवित्तिकै कम्युनिस्ट आन्दोलनका लागि ध्र्रविकरणको आधार तयार हुने उनको दावी थियो ।
    एकीकृत समाजवादीका नेता बरालले सबै कम्युनिस्ट पार्टीका थोरबहुत कमीकमजोरी रहेकाले त्यसलाई सुधार्ने आँट गर्दै साँच्चिकै कम्युनिस्ट आन्दोलन उठाउँने इच्छाशक्ति देखाउने हो भने अहिले पनि उपय्ुक्त अवसर छ भने । ‘सबै पार्टीभित्रका राम्रा पक्ष लिँदै क्रान्तिकारी पार्टी निर्माणमा हाम्रो पुस्ताले भूमिका खेल्नुपर्छ, बरालको भनाई थियो ।
    क्रान्तिकारी माओवादीका नेता अधिकारीले प्रश्न गरे, ‘अहिले यथास्थितिवादी धार शक्तिशाली छ, त्यसलाई सिध्याएर मात्र क्रान्तिकारी पार्टी बलियो हुन्छ, ध्रुविकरणका लागि हामीहरु यथास्थितिवादीसँग लड्ने साहस गर्ने कि नगर्ने ? नेकपा माओवादीका प्रवक्ता जैसीले नयाँ आधारमा कम्युनिस्ट आन्दोलन निर्माणका लागि हतियार, सेना र जनसत्ता बनाउनुपर्नेमा जोड दिए ।
    कार्यक्रमको अध्यक्षता गरेका क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले संगठनको अभियानबारे स्पष्ट पार्दै भने, संगठनको उद्देश्य भनेकै नयाँ आधार निर्माणसहित बैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिस्ट ध्रुविकरण अहिलेको मूख्य आवश्यकता हो, त्यसका लागि वातावरण बनाउने अभियान हामीले देशव्यापी थालिरहेका छौं । कार्यक्रमको सञ्चालन संगठनका सचिवालय सदस्य धनञ्जय बुढाले गरेका थिए ।

    Advertisement

    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...