• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

अब कांग्रेस प्यूठानको सभापती को ?


  •   बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
  • कामना डेली, प्यूठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्यूठान काँग्रेसभित्र चुनावी सरगर्मी बढेको छ ।
    जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन्। जिल्ला सभापतिमा अहिले सम्म दुई जना आकांक्षी देखिएका छन्।
    हाल पार्टीका जिल्ला सचिव एवं गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी र पूर्व सचिव एवं नौवहिनी गाउँपालिका अध्यक्ष शिव प्रसाद रिजाल सभापतिमा उठ्ने तयारीमा छन् । आगामी अधिबेशनमा आफू जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको गिरीले बताए। आगामी कार्यकालका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र गगन÷सिटौला खेमाका गिरि प्यानलवाट बर्तमान सचीब देवेन्द्र बर्मा उपसभापतीमा र पूर्व कोषाध्यक्ष टोपाराम कालाथोकी सचिब हुने गरि सहमती जुटेको बताईएको छ। यद्दपी, यस्को औपचारिक घोषणा भने भईसकेको छैन । पदाधिकारी लगायत अन्य पदको समेत सहमतीबाट टुङ्गो लगाईने गिरीले बताए।
    उता, कांग्रेस नेता रिजालले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन । उनी अघिल्लोपटक अमरप्रसाद भण्डारीसँगको पराजयलाई बिर्साउने गरि सभापती जित्ने कसरतमा छन । रिजाल अघिल्लो महाधिबेशनमा भण्डारीसँग २३ मतले पराजित भएका थिए ।
    सभापतीको डौडमा रहेका गिरि बरिष्ट नेता रामचन्द्र पौडेल र रिजाल केन्द्रीय सभापती शेर बहादुर देउवा खेमाका हुन ।
    चुनाबमा पुन: सभापतीमा उठ्ने नउठ्ने बारे वर्तमान सभापति अंमर प्रसाद भण्डारीले भने मुख खोलिसकेका छैनन् ।
    जिल्लाका युवा नेताहरुले समेत आफुहरु मुख्य पदका लागि दाबी गरेको भन्दै कार्यकर्ता बिच आफुलाई सहयोग गर्न आग्रह गर्न थालेका छन् ।
    कांग्रेस जिल्ला सचिवमा कांग्रेस महाधिवेशन प्रतिनिधि प्रमोद पोखरेलको दावेदारी छ । पोखरेल देउवा समूहका हुन् । भने, हाल पार्टी कोषाध्यक्ष रहेका धनेश्वर भण्डारीले पनि सचिव पदमै उठ्ने घोषणा गरेका छन । निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय सभापतिमा देउवा समूहबाट जैनुल मियाँ र तरुण दल प्यूठानका उपाध्यक्ष दीपक केसीको नाम चर्चामा छ । केसीले अहिले सम्म आफ्नो धार बारे खुलाएका छैन्न । पौडेल समूहबाट टेकप्रसाद भण्डारी क्षेत्रिय सभापतिमा दोहोरीने चर्चा समेत छ।

    Advertisement

    निर्वाचन क्षेत्र नं २ मा गगन÷सिटौला लाईनबाट बालाराम पौडेल र नेवीसंघ प्यूठानका अध्यक्ष एनपी मगरको क्षेत्रिय सभापतिमा दावी रहेको बुझिएको छ । क्षेत्रिय सभापतिमै झिमरुक गाउँपालिका – २ का वडा अध्यक्ष समेत रहेका बलदेव महतराको नाम चर्चामा छ। देउवा समूहबाट वर्तमान सचिव चन्द्रलाल न्यौपाने र जुमान जिसीको नाम चर्चामा छ ।
    देउवा पक्षबाट कांग्रेस क्षेत्र नं २ का हालका सभापति सरोज थापा (रोज राणा) उपसभापतीमा दाबेदारी दिदैंछन् ।
    बद्री लम्साल पुन: उपसभापतीमा दोहोरीने चर्चा छ । जिल्ला अधिवेशनबाट छानिने २४ जना महाधिवेशन प्रतिनिधिको टुङ्गो लागिसकेको बताईएको छ ।प्यूठानबाट केन्द्रीय समितिमा भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द्र राज पोखरेलको चर्चा छ ।यसैगरी प्रदेश समिति सदस्यमा नामबहादुर नेपाली, धनलक्ष्मी श्रेष्ठ, दुर्गा बुढाथोकीको चर्चा छ । भने प्रदेशको पदाधिकारीमा अमर प्रसाद भण्डारीको चर्चा छ।

    चुनाबको तयारीमा रहेका उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन्।
    जिल्लामा करिब ५ हजार क्रियाशील सदस्य रहेको काङ्रेस प्यूठानले बताएको छ ।जिल्ला कार्यसमिति ५५ सदस्यीय हुने छ।

    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation