काठमाडौँ – लामो समय देखि आन्तरिक कलहमा फसेको नेकपा एमाले अन्तत बिभाजन भएको छ।
Advertisement
एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता समेत गरेका हुन् । नेपालको नेतृत्वमा निर्वाचन आयोगमा बुधवार नेकपा एमाले (समाजवादी) दल दर्ता भएको हो ।
नवगठित पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।
तर, लामो समयदेखि साथ दिँदै आएका दोस्रो तहका नेताहरुले भने नेता नेपालको साथ छोडेका छन। उनिहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएको श्रोतको दाबी छ ।