जनक पन्थ, गुल्मी । अर्घाखाँचीका टेकनारायण पाण्डे गृहसचिवमा जिम्मेवारी पाएका छन् ।
पाण्डेलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरेर पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिएको हो ।
अर्घाखाँचीको छत्रदेवमा जन्मिएका पाण्डे भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए । उनी २०७६ फागुनमा सचिवमा बढुवा भएका थिए ।
Advertisement