नवलपरासी– नवलपरासी पश्चिम बर्दघाटबाट नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।नेपाली १८ लाख ५० हजार र भारु ९ लाख सहित २ जनालाई बर्दघाट नगरपालिका वडा नं। १२ भटौलियास्थित परासी–नारायणचोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजु लामाले बताउनु भयो । पक्राउ पर्नेमा एक भारतीय नागरिक छन् ।
लु १६ प ३७२९ नम्बरको मोटरसाइकलमा बर्दघाटतर्फ आउँदै गर्दा नवलपरासी पश्चिम पाल्हिनन्दन गाउँपालिका वडा नं। २ बस्ने बर्ष ३५ को योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खानलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेकाले पक्राउ गरिएको लामाले बताउनु भयो ।बरामद रकम सहित थप अनुसन्धानको लागि दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने पनि डिएसपी लामाले बताउनु भयो ।