• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

हामी अर्को पार्टी बनाउँछौ, ६ वटा मन्त्रालय लिएर सरकारमा जान्छौँ: मेटमणि चौधरी


  •   शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले)का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेका छन् । चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफुहरुले त्यो रिस्क मोल्न नचाहेको पनि स्पष्ट पारे ।

    Advertisement

    आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं । म यो रिपोर्टर्स क्लब नेपालमा घोषणा गर्न चाहन्छु यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने, केपी ओली नै यो नेकपा एमालेको अध्यक्ष भैराख्ने हो भने हाम्रो आफ्नै आँखा अगाडि हेर्दाहेर्दै नेकपा एमाले समाप्त भएको देखिन्छ । एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउनसक्छ ।

    तर, हामी यो रिस्क मोल्न चाहँदैनौं । यसको लागि फेरि पनि बृहत्त टाईपको कम्युनिष्ट पार्टी निर्माण गर्ने, त्यो पार्टी निर्माण गर्नको लागि अहिले जति सकिन्छ नेकपा एमालेभित्रबाट विभाजन गर्ने, पार्टी निर्माण गर्ने, त्यसपछि नेपालमा रहेका जति कम्युनिष्ट पार्टीहरु छन्, माओवादी केन्द्र, विप्लवदेखि लिएर जनमोर्चा, अनि नेपालको कम्युनिष्ट आन्दोलनसँग आईडोलजिकल्ली नजिक रहेको उपेन्द्र यादवको समेत पार्टीको बीचमा एकता गर्ने र फेरि पनि यो मुलुकको सबैभन्दा लार्जेष्ट पार्टी, र यो मुलुकलाई नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने हाम्रो निश्कर्ष रहेको छ ।’

    क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो समूह आजरभोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले ६ वटा मन्त्रालयसहित सरकारमा जानेबारे आजै निर्णय हुनेपनि जानकारी दिए । उनले भने,‘हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैन् । तर, समानुपातिक प्रतिनिधित्व हुनुनै पर्छ । सम्भवतः मलाई के लाग्छ भने ६ को वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौं ।’ उनले सरकारमा सहभागी हुनेबारे सम्भवतः आजै निर्णय हुनेपनि जानकारी दिए । यदि आज नभए आउने हप्तासम्म सरकारमा सहभागी भैसक्ने उनको भनाई छ ।

    उनले एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनोरसम्बन्ध राख्न नहुने बताए । उनले भने,‘अब तपाईँहरु हेर्दै जानुहोस, संसदीय दलभित्रपनि केही दिनभित्रपनि हामी त्यो खालको वातावरण बनाउनेछौं । र, केन्द्रीय कमिटीमा त केपी ओली र हाम्रो बीचमा त निकै थोरै संख्यामात्रै तलमाथि हो । र, त्यो भित्रपनि एकखालको माहोल बन्दैछ। यदि त्यो पोजिसनमा हामी पुग्यौं भने केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाउनुपर्छ र हटाउन सकेनौं भने नेकपा एमालेलाई जोगाउन सक्दैनौं । त्यो त तयारी हुनुपर्छ । र, हामी प्रयास गरिरहेका छौं ।’

    उनले ओलीलाई आफूहरुले करेक्सन गर्न नसकेको र उनलाई रिजाईनेशन गर्ने ठाउँमा पुर्याउन नसके एउटा प्रोससमा पुग्नैपर्ने भन्दै त्यस्तो अवस्थामा पार्टी फुटाईने संकेत गरे । उनले भने,‘यो साथसाथै कोही सुरुमै आउनुहोला, कोही पछि पछि आउनुहोला, कोही एक वर्षपछि आउनुहोला, कोही निर्वाचन ताका आउनुहोला, तर यो प्रोसेसमा चाहीँ हामी छिर्छौं । अगाडि बढ्छौं ।’

    उनले पार्टी फुटाउनको लागि दल विभाजनसम्बन्धी अध्यादेशको पक्षमा आफूहरु नरहेको पनि स्पष्ट पारे । यसअघि केपी ओली नेतृत्वको सरकारले यस्तो अध्यादेश ल्याउँदा आफूहरुले त्यसको घोर विरोध गरेको चौधरीले स्मरण गराए । उनले भने,‘हिजो केपी ओलीले यो अध्यादेश ल्याउँदा हामीले विरोध गरेका थियौं । अहिले हामी आँफैले ल्याउँदा यसमा नैतिक प्रश्न हामीमाथि उठ्छ । त्यसैले दल विभाजनको अध्यादेश हामीले ल्याउन मिल्दैन् । ल्याउनुपनि हुँदैन् । हामीलाई चाहिएको सांसद संख्या भनेको ४८ हो । ४० प्रतिशत संख्या हामी सजिलै पुर्याउँछौं । केन्द्रीय कमिटीमा त हामी हाराहारीमै छौं । हामीलाई अप्ठ्यारो भनेको संसदीय दलमा हो । अब संसदीय दलमा पनि हामी त्यो संख्या पुर्याउँछौं ।’

    उनले आफूहरुले एमाले विभाजन गरेर अघि बढ्दा धेरैले साथ दिने पनि बताए । उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमात्रै नभएर नदिने सांसदहरुपनि आफूहरुसँग आउने दाबी गरे । चौधरीले तत्कालिन् प्रधानमन्त्री ओलीले पहिलो पटक गरेको संसद विघटन पूर्नस्थापना भएपछि पूर्ण फैसला नआउँदै दोस्रो पटक संसद् विघटन गरेको र एकपछि अर्को गरेर निरंकुश बन्ने बाटो लिएकोले आफूहरु विरोधमा उभिएको स्पष्ट पारे । उनले भने,‘केपी ओली संविधान समाप्त गर्ने, कानून नमान्ने, अध्यादेशमार्फत देश चलाउन खोज्ने, समग्रमा राजनीतिक सिस्टम नै सकेर आफूलाई तानाशाही शासक बनाउने प्रयासमा लागेको कुरा छर्लङै छ । त्यतिमात्रै होईन, ओलीले नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त हुने पोजिसनमा पुर्याएकोले हामी यस अवस्थामा ओलीको स्टेपलाई स्थगन् गर्ने कित्तामा उभियौं ।’

    उनले आफूहरु ओलीको असंवैधानिक कदमको विरोधमा सुरुदेखि नै उभिएको स्मरण गराए । उनले भने,‘हामीले हिम्मत गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाएका हौं । ओलीको विकल्पमा प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई तयार गर्यौं । सर्वोच्च अदालतमा गएर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्यौं । उहाँले माग्नुभएको विश्वासको मतको सम्बन्धमा पनि पक्षमा नै मतदान गर्यौं । यो सब किन गरियो रु भन्दा प्रतिनिधिसभा पूरा कार्यकाल चलोस, अर्कोपटक पूनः यस्तै सन्की शासक आएर प्रतिनिधिसभा विघटन गर्ने हिम्मत नगरोस भनेर गरेको हो ।’सांसद चौधरीले आफुहरु अहिले बलियो राष्ट्रिय सरकारका बनाउनुपर्ने पक्षमा रहेको पनि सुनाए । उनले वर्तमान सरकारले फेरि बजेट ल्याउने उल्लेख गर्दै यसलाई पास गर्ने आफूहरुको दायित्व रहेको पनि सुनाए । स्रोत: रिपोर्टर्स नेपाल

    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation