काठमाडौँ । बदर भएको सांसद पद पुनर्वहालीको माग गर्दै पूर्व माओवादीका ४ जना नेताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
Advertisement
आफूहरुलाई स्पष्टिकरणको मौका समेत नसोधी पदबाट हटाइएको भन्दै आफूहरुले सांसदकै रुपमा कामकाज गर्न पाउनुपर्ने उनीहरुले माग गरेर रिट हालेका छन् ।
पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिट लिएर सर्वोच्च अदालत पुगेका अदालतले जनाएको छ ।
उनीहरुले आफूहरु नेकपा एमालेमा आधिकारिक रुपले प्रवेश नगरेको, माओवादी केन्द्र नामक पार्टी नै अवैधानिक रहेको, त्यस्तो पार्टीले गर्ने कारवाही मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।