बुटवल । लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
Advertisement
बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद बैठक छाडेर हिँड्नुभएको थियो। त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोक्नुभएको थियो। साढे ५ बजे पनि बैठक बस्न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो। तर, सरकारले मध्यरात संसद अधिवेशन नै अन्त्य गरेको छ।