पाँचथर – कुलो बनाउने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर एक शिक्षकको ज्यान गएको छ ।
Advertisement
याङवरक गाँउपालिका २ फलैचामा रहेको इन्द्रावती प्राविमा पढाउने ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको सोमवार बिहान ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो ।
चार जनाले कुलो सोरिरहेका बेला माथिबाट आएको पहिरोले टेकनाथको ज्यान लिएको हो । उहाँको घटनास्थलमै ज्यान गएको हो ।