राष्ट्रिय सभा उपनिर्वाचन : नेपालगन्जका मेयरद्वारा बहिष्कार

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले लुम्बिनी प्रदेशअन्तर्गत आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन्।

देश कोरोना महामारीले आक्रान्त भइरहेका बेला चुनाव आफ्नो प्राथमिकता नभएको भन्दै उनले मतदान नगर्ने घोषणा गरेका हुन्।

‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ सामाजिक सञ्जालमार्फत मेयर राणाले भनेका छन्, ‘अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु।’ राणा राप्रपाबाट निर्वाचित मेयर हुन्।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.