• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कोभिड नियन्त्रणमा कुनै कमि हुन दिन्नौ: रायमाझी


  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले कोभिड नियन्त्रण र रोकथामको निम्ति सरकारले संपूर्ण संयन्त्र परिचालन गरेको बताउनुभएको छ ।
    जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै उहाँले विश्वमानव समुदायको निम्ति चुनौतीको रुपमा रहेको कोरोना भाईरसले पछिल्लो समय नेपाललाई समेत नराम्रोसँग प्रभावित पारेको भन्दै यसको नियन्त्रण र रोकथामको निम्ति कुनै कसर बाँकी नराख्ने बताउनुभयो । केही समय पहिले देशका प्रमुख अस्पतालमा बेड,आई.सि.यु.भेन्टिलेटर र अक्सिजनको समस्या देखिएको भएपनि अहिले सरकारले सबै तयारी पूरा गरेको उहाँको भनाइ थियो । रायमाझीले कोरोना भाईरस नियन्त्रण र रोकथामको निम्ति खोप लगाउनु अनिवार्य भएको भन्दै ,केही महिना भित्रमा सबै नेपाली जनतालाई खोप लगाउने गरि विभिन्न मुलुकहरू सँगको वार्ता र संवादलाई तिब्र पारिएको बताउनु भयो ।
    उहाँले कोभिड संक्रमण बाट जिल्लाबासी लाई बचाउनु आफ्नो दायित्व भएको भन्दै कोभिडका कारण आफु थलापरी काठमाडौको अस्पताल भर्णा भएको समयमा पनि जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री पठाएको बताउनुभयो । रायमाझीले जिल्ला अस्पतालमा कुनै कुराको कमिहुन नदिनेगरी काम भैरहेको भन्दै, अक्सिजन प्लान्टको काम अगाडि बढ्नुका साथै अब आफ्नो ध्यान बिशेषज्ञ सेवा तर्फ केन्द्रीत भएको बताउनुभयो ।
    एक फरक प्रसंगमा नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहनुभएका रायमाझीले सरकारले तोकेको समयमै चुनाव सम्पन्न हुने बताउनु भएको छ।उहाँले चुनाव अघि नै जनतालाई कोरोना बिरुद्धको खोप लगाई सक्ने भन्दै चुनाव हुनेकुरामा ढुम्क हुन जिल्ला बासीलाइ आग्रह गर्नुभयो । उहाँले वर्तमान केपी ओली नेतृत्वको सरकारले नै चुनाव सम्पन्न गर्ने भन्दै दुबिधामा पर्नुपर्ने कुनै कारण नै नभएको बताउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कोरोना भाईरस नियन्त्रणको निम्ति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
    रायमाझीले १७ वटा अक्सिजन सिलिन्डर लगायत जिल्लामा अत्यावश्यक विभिन्न किसिमका स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी पौडेललाई हस्तान्तरण गर्नुभएको छ । यश अघि पनि उहाँले १८ वटा अक्सिजन सिलिन्डर लगायतका सामाग्री पठाई सक्नुभएको थियो ।
    कार्यक्रममा नेकपा एमालेका युवा नेता लिला जि.सी.,स्वास्थ्य बिभागका उपसचिव महेश पाण्डे ,अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल ,युवासंघका केन्द्रीय सचिव गोविन्द भुसाल ,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...