• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • १०. गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

प्रतिनिधिसभा विघटनको यथार्थ सार्वजनिक


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • शङ्कर पोखरेल

    Advertisement

    संविधानको धारा ७६(३) अन्तरगतको सरकारमा जसपा तटस्थ रहनेहुदा बहुमतको सम्भावना नरहने स्थितिमा प्रमले विश्वासको मत लिन आवश्यक नठानी मार्ग प्रशस्त गर्नुभएको अवस्थामा सम्माननीय राष्ट्रपतिवाट धारा ७६(५) अन्तरगतको सरकार गठनका लागि प्रस्ताव माग भएको ।

    धारा ७६(५) अन्तरगतको सरकार वस्तुतः चुनावी सरकार हुने भएका कारण जसपा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भइ पार्टीको प्रथम अध्यक्ष र संसदीय दलको नेतावाट संयुक्तरुपमा समर्थनको पत्र प्राप्त भएको ।

    दलको प्रतिनिधित्व दलको नेतावाट हुने संसदीय परम्परा अनुसार नेकपा (एमाले)को १२१ र जसपाको ३२ प्रतिनिधिसभाका सदस्य रहेको र उक्त संख्या प्रतिनिधिसभाको स्पष्ट बहुमत पुग्ने हुँदा सम्माननीय प्रधानमन्त्रीवाट सरकारको पुनः नेतृत्वको दाबी भएको ।

    प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पार्टी औपचारिक रुपमा विभाजन नभएको र वैधानिक रुपमा विभाजन हुनसक्ने अवस्था समेत नरहेको स्पष्ट हुँदाहुँदै नेकपा (एमाले)का २६ र जसपाका १२ प्रतिनिधिसभा सदस्यको हस्ताक्षर प्रयोग गरी प्रधामन्त्रीमा दाबी गर्नुभएको, दुवैपक्षवाट धारा ७६(५) को प्रकृया स्विकार गरि प्रस्ताव प्रस्तुत भएको ।

    दलीय हिसाबले केपीशर्मा ओलीको दाबी बलियो रहेको, तर उक्त प्रस्ताव अन्तरगतका केही सदस्यहरुको समर्थन देउवाजीको प्रस्तावको पक्षमा देखिएको । देउवाजीको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कतिपयले अर्कै प्रयोजनका लागि हस्ताक्षर गरिएको भनेर सार्वजनिक गरेको, साथै विश्वासको मतको प्रयोजनमा उक्त सबै संख्या प्रयोग हुने वैधानिक सुनिश्चितता नरहेको स्थिति।

    नेकपा (एमाले) र जसपाका तर्फवाट देउवाजीको समर्थनमा रहेका प्रतिनिधिसभाका सदस्यहरुलाई कारबाही गरिने जानकारी राष्ट्रपतिलाई गराइएको अवस्थामा के–कति सङ्ख्यामा कारबाही हुने हो भन्ने कुरा यकिन नभएको स्थितिमा सम्माननीय राष्ट्रपतिवाट दुवै प्रस्ताव वहुमत पाउने सुनिश्चितता नरहेको महसुसगरी अस्विकृत भएको ।

    सम्माननीय राष्ट्रपतिवाट धारा ७६(५) अन्तरगतको सरकार गठनका सन्दर्भमा प्रस्तुत भएका प्रस्तावहरु अस्विकृत भएको स्थितिमा धारा ७६(७) अन्तरगतको परिस्थिति स्वतः उत्पन्न भएको ।

    यस्तो स्थितिमा यस पटकको प्रतिनिधिसभा विघटन सम्माननीय केपीशर्मा ओलीका कारणले नभइ धारा ७६(७) को वाध्यात्मक परिस्थितिका कारणले हुन गएको।

    प्रतिनिधिसभा पुनस्थापित हुने सम्वैधानिक र कानुनी आधार नभएको अवस्थामा विघटित प्रतिनिधिसभाका जिम्मेवार सदस्यहरुका तर्फबाट सर्वोच्च अदालतमा गएर दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने काम भएको ।

    प्रतिनिधिसभा पुनस्थापित हुदाको अवस्थामा नेकपा (एमाले) र जसपाले देउवाजीका पक्षमा उभिएका सांसदहरुलाई कारबाही गर्दा देउवाजीको पक्षमा वहुमत नपुग्ने अवस्था रहेको ।

    नेपालको संविधान दलीय प्रणालीमा आधारित रहेको र कानुनतः जननिर्वाचित प्रतिनिधिहरु पार्टी र दलको अनुशासनमा रहनुपर्ने वाध्यकारी व्यवस्था गरिएको । दल विभाजन गर्दा पार्टी र दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने वाध्यात्मक कानुनी प्रबन्ध विद्यमान रहेकोमा स्थितिमा विद्रोहले कानुनी वैधता पाउने स्थिति नरहेको ।

    यस्तो स्थितिमा प्रतिनिधिसभाको विघटन सम्वैधानिक र कानुनीरुपमा स्वाभाविक देखिन्छ । राजनीतिक रुपमा त एउटै चुनावी घोषणापत्रवाट चुनाव लडेका र समयक्रममा पार्टी एकता गरेका शक्तिहरुको विभाजनवाट नै नयाँ जनादेश आवश्यक भइसकेको हो । मध्यावधि निर्वाचनको अपरिहार्यतालाई प्रमुखप्रतिपक्षी दलका नेताहरुले समेत पटक पटक स्विकार गरेको देखिन्छ । कस्को नेतृत्वमा चुनाव गर्ने भन्नेकुरा आग्रहका आधारमा होइन सम्वैधानिक र कानुनी व्यवस्थाका आधारमा हुने हो । जुनकुरा केपी शर्मा ओलीको नेतृत्वको पक्षमा नै देखिन्छ ।

    जहाँसम्म जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन । राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो । नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलिय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो ।

    तर नेपाली राजनीति सत्ता विरोधी मानसिकताबाट ग्रस्त भएका कारणले विरोधको प्रवृत्ति वढ्दो क्रममा छ । विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहँदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो । तर त्यसबाट नेपाली राजनीति नै वहुआयामिक द्वन्द्वको शिकार वन्नु पर्यो । अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोशिस भइरहेको छ ।

    जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभाबाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प देखिँदैन । म लोकतन्त्रका लागि लडेका सबै नेताहरुलाई यस विषम परिस्थितिमा गम्भीर र जिम्मेवार बन्न आग्रह गर्दछु । (नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले फेसबुकमा सार्वजनिक धारणा)

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी
    नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation