• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

बनमन्त्रीले २३ हजारमा किनेको अक्सिजन सिलिन्डर वर्षमानले २६ हजारमा बेचेको खुलासा


  •   बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
  • रोल्पा । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो गृहजिल्ला रोल्पाका आठवटा स्थानीय तहलाई नाफासमेत जोडेर महङ्गो मूल्यमा अक्सिजन सिलिण्डर बिक्री गरेको खुलासा भएको छ।
    पुनले आफ्नो पहलकदमीमा अक्सिजन सिलिन्डर पठाएको भनिएका सिलिण्डर उनको स्वकीय सचिव सन्तोष पुनले २९ हजार तीन सय ८० रुपैयाँमा बिक्री गरेका हुन्।
    पूर्वमन्त्री पुनले नाफासहित बेचेका अक्सिजन सिलिण्डरलाई सत्कर्म भन्दै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बधाई तथा धन्यवादको भन्दै उनका समर्थकले प्रचार प्रसार गराएका थिए तर त्यो प्रचार एक दिन पनि टिक्न सकेन। उनको सचिवालयले रोल्पाका स्थानीय तहमा अक्सिजन सिलिण्डरको व्यापार गरिरहेको खुल्न आएको छ।
    विपतको समयमा नेता पुनले अक्सिजन सिलिन्डर गाउँ–गाउँमा पठाउदै चुनावी प्रचार गरिरहेको देखेपछि स्थानीय कांग्रेस–एमालेका नेताहरुले यसको तथ्य खोजिगरेका थिए। त्यसपछि उनीहरूले नीला रंगका सिलिन्डरहरू स्थानीय तहलाई चर्को मूल्यमा किन्न लगाएको पत्ता लगाएका थिए ।
    माओवादी कार्यकर्ताहरूले पूर्वमन्त्री पुनको व्यक्तिगत लगानीमा रोल्पाका स्थानीय तहसम्म अक्सिजन सिलिण्डर पुर्‍याए जसरी प्रचारबाजी गरेका थिए । चाइनाबाट व्यापारीले बिक्रीका लागि ल्याएका अक्सिजन सिलिन्डर पुनका स्वकीय सचिव सन्तोष पुनले सदरमुकाम लिवाङसम्म पुर्‍याएर भ्याटसहित २९ हजार ३ सय ८० रुपैँया बिक्री माओवादी केन्द्रका रोल्पाका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए।
    माओवादी कार्यकर्ता तथा निकट पत्रकारहरूले सामाजिक सञ्जाल र स्थानीय मिडियामा अक्सिजन सिलिण्डरसँगै नेता वर्षमान पुन र लुम्बिनी प्रदेश सांसद दीपेन्द्र पुनको फोटो राखेर चुवानी प्रचार नै थालेका थिए
    पूर्वमन्त्री पुनका स्वकीय सचिव सन्तोषले केही दाअघि जिल्लाका सबै स्थानीय तहका प्रमुखलाई अक्सिजन सिलिन्डर भए–नभएको बारेमा सोधेका थिए तर उनले वर्षमान पुनको पहलमा सिलिन्डर आए पनि गाउँपालिका आफैँले पैसा भुक्तानी गर्नुपर्ने बताएपछि रुन्टीगढी र त्रिवेणी गाउँपालिका भने किन्न अस्वीकार गरी पछि हटेका थिए। वर्षमानको पहलमा अनुदानमार्फत् सिलिन्डर आउने आश गरे पनि व्यापारिक ढंगले संवाद गरेको त्रिवेणी गाउँपालिका शान्तकुमार वलीले बताए।
    पूर्वमन्त्री पुनको पहलमा आएका अक्सिजन सिलिण्डर आफूहरूले भुक्तानी गरेको सुनछहरी गाउँपालिका अध्यक्ष रहेका पुननिकट माओवादी कार्यकर्ता आशबहादुर पुनले स्वीकार गरे । आफ्नो गाउँपालिकाले पनि भ्याटसहित नै २९ हजार ३ सय ८० रुपैँयाको रसिद प्राप्त गरेको उनले बताए ।
    एमाले रोल्पाकी नेतृ ईश्वरी जिएमले भनिन्, ‘माओवादी कार्यकर्ताहरूले रोल्पाका जनतालाई नि:शुल्क सिलिण्डर उपलब्ध गराएको जस्तै गरी प्रचार गरे। उनीहरू चुनावी प्रचारमा लागेका छन्। यो भ्रम हो।’
    पूर्वमन्त्री पुनको सचिवालयले कोरोना महामारीको समयमा सेवाभन्दा पनि व्यापार गरिरहेको उनको आरोप छ। उनले सामाजिक सञ्जालमार्फत् संघीय सरकार, वर्षमान पुन र दीपेन्द्र पुनको पहल रोल्पा ल्याइएका अक्सिजन सिलिण्डर ठूलो नाफासहित व्यापार भइरहेको पनि बताइन्।
    रोल्पाका १० गाउँपालिकामध्ये एमालेले जितेको दुई पालिकाले भने ती महंगा सिलिण्डर किन्न अस्वीकार गरेका छन् । बाकी आठ गाउँपालिकामा यसको व्यापार भएको छ । लुग्री गाउँपालिकाले पनि १० वटा त्यस्ता अक्सिजन सिलिन्डर किनेको खुल्न आएको छ।
    लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले पूर्वमन्त्री पुनको समन्वयमा आफ्नो गाउँपालिकामा १० पीस सिलिन्डर आएको जानकारी दिए। उनका अनुसार भ्याटसहित २९ हजार ३ सय ८० मा गाउँपालिकाले खरिद गरेको बताए। आफूहरुलाई कहाँबाट कसले ल्याएको भन्ने कुनै जानकारी नभएको र वर्षमानको स्वकीय सचिवको सम्पर्कमा सदरमुकाम लिवाङदेखि गाउँपालिकासम्म आफ्नै गाडी सिलिन्डर ल्याएको उनले बताए।
    अघिल्लो दिन सामाजिक सञ्जालमा आलोचित वनमन्त्री प्रेमबहादुर आलेले नीलो रंगको ४० किलोको सोही कम्पनीको उस्तै सिलिण्डर गृहजिल्ला डोटीमा २३ हजार रुपैयाँमा किनेर वितरण गरेको सार्वजनिक गरेका छन्।

    Advertisement

    पूर्वमन्त्री पुनको प्रस्टीकरण

    महँगोमा सिलिन्डर किनेर रोल्पा पठाएको विषय चर्चामा आएपछि पूर्वमन्त्री पुनले प्रस्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत केहीले संकटको बेला राजनीति गर्न खोजेको आरोप लगाए ।
    सरकारले गर्नुपर्ने काम आफूले गर्दै आएको दाबी गर्दै पूर्वमन्त्री पुनले आफ्नो पहलमा अहिलेसम्म तीनपटक रोल्पामा अक्सिजन सिलिन्डर पुगिसकेको उनले बताए ।

    कोरोना महामारीको समयमा राजनीति मात्रै गर्नभन्दा आ–आफ्नो ठाउँबाट रचनात्मक काम गर्न र जनताको जीवन रक्षामा लाग्न उनले अनुरोध गरे ।

    बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...