कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री रुपमा शपथ ग्रहण गराउनुभयो भने रामशरण बस्नेत, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराउनुभएको हो । युवा तथा खेलकुदमन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) मने बाहिर रहेकाले शपथ ग्रहणमा सहभागी हुनुभएन ।यसअघि बस्नेतले भौतिक पूर्वाधार, लम्सालले उद्योग पर्यटन वन तथा वातावरण र पुनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । मुख्यमन्त्री गुरुङ कोरोना सङ्क्रमित हुनुभएका कारण उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको एक हप्तापछि मात्र मन्त्रिपरिषद् विस्तार गरिएको हो ।
गण्डकी प्रदेशमा ५ मन्त्री नियुक्त
गण्डकी प्रदेशमा ५ मन्त्री नियुक्त
Advertisement
तपाईको प्रतिक्रिया