वैकल्पिक सरकार गठनमा महन्थ ठाकुर सहभागी नहुने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफुहरु सहभागी नहुने बताउनुभएको छ। वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको उहाँको भनाई छ। सोमबार राति विज्ञप्ती जारी गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताउनुभएको छ।
संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको केही घण्टापछि ठाकुरले विज्ञप्ति जारी गर्नुभएको थियो ।
विज्ञप्ति जारी गर्दै ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेको बताउनुभएको छ। यस्तो अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत उहाँको भनाई छ। उहाँले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत बताउनुभएको छ। सोमबार प्रतिनिधिसभामा विश्वासको मतमाथि मत विभाजन हुँदा पनि ठाकुर समूह तटस्थ बसेको थियो।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...