राम बहादुर बिश्वकर्मा, प्युठान। कोरोना संक्रमण देखिएपछि अस्पतालबाट घर पठाइएका व्यक्तिको मृत्यु भएको छ । मंगलबार साँझ प्युठान अस्पतालबाट डिस्चार्ज भएर घर लगिएका संक्रमित पुरुषको घरमै मृत्यु भएको हो । गौमुखी गाउँ पालिका-७ नारिकोटका ७० वर्षीय पुरुषमा सामान्य ज्वोरो र पखाला लागे पछि गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।
गौमुखि गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले कोरोना पुष्टि भएका बिरामीलाई जिल्ला अस्पताल प्युठानले डिस्चार्ज दिएर घर पठाएको बताउनुभयो।’ कोरोना पुष्टि भएका ब्याक्तीलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हो,’ उहाले भन्नुभयो,’ बिरामीलाई घर पठाएर कमजोरी गर्यो।’
संक्रमितबाट अरुमा संक्रमण फैलिनसक्ने सम्भावना भएकाले गौमुखी- ७ लाई केही दिनका लागी सिल गर्ने तयारी भएको गिरीले जानकारी दिनुभयो।स्थानियलाई सतर्कता अपनाउन अध्यक्ष गिरीको आग्रह छ ।
अस्पतालका सुचना अधिकारी खिम पार्धेले पखला र ज्वोरोका बिरामीलाई घरमै पठाउने गरेको र स्वासप्रस्वास जस्ता जटिल समस्या देखिएमा मात्र अस्पतालमा भर्ना गर्ने गरिएको बताउनुभयो। उहाँका अनुसार अस्पतालकै प्रयोगशालामा स्वाबको एन्टिजिन परीक्षण गरिएको थियो । बिरामीलाई थप उपचारका लागि बाहिर लैजान सुझाब दिइएकोमा आफन्तले घर लगेको अस्पताल श्रोतले बताएको हो।
कोरोना पुष्टि भएका बिरामीलाई अस्पतालले डिस्चार्ज दिएर घर पठाएको र घरमै मृत्यु भएको विषयमा अस्पतालकै प्राबिधिक कुरा हुन सक्ने जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सुनिल मल्लले बताउनुभयो।
घरकै सदस्य सम्पर्कमा रहेको खण्डमा स्वाथ्य सतर्कता पोर्टोकल पूरा गरि दाहासस्कार गरिने र यदि त्यसो नरहेको खण्डमा नेपाली सेनाको टोलिको नेतृत्वमा दाहसंस्कार गरिने प्रमुख जिल्ला अधिकारी खिम राज भुसालले बताउनुभयो ।