काठमाडौं । लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट नभएको भन्दै अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाएका छन । ठाकुरले बिहीबार सभामुखलाई पठाएको पत्रमा लुम्बिनीमा पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको अवगत गराएका छन्। ठाकुरले लुम्बिनी प्रदेश सभा संसदीय दलको बहुमतको निर्णयलाई नै मान्यता दिइने व्यहोरो समेत पत्रम उल्लेख गरेका छन्।
६ सदस्यीय प्रदेश सभा संसदीय दलमा चारजना पूर्व राजपा पक्षका छन् । उनीहरुलाई उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको निर्णय अनुसार प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको छ ।पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डे रहेका छन् ।
लुम्बिनीका सभामुखलाई अध्यक्ष ठाकुरकोे पत्र–जसपाका सांसदलाई कारवाही गरिएको छैन
लुम्बिनीका सभामुखलाई अध्यक्ष ठाकुरकोे पत्र–जसपाका सांसदलाई कारवाही गरिएको छैन

Advertisement
तपाईको प्रतिक्रिया