बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।
Advertisement
वैशाख १९ गते दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको लुम्बिनी प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिएका छन् ।
विपक्षी दलले दिएको समावेदनको आधारमा बैठक बोलाइएको उनले बताए । लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेशसभा अधिवेशन गत चैतमा नै अन्त्य गरिएको थियो ।