कामना डेली, प्यूठान । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले प्यूठानका सवै विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको केन्द्रकाे आकस्मिक बैठकले बुधवारबाट लागु हुने गरी विद्यालयका सम्पूर्ण पठनपाठन, परीक्षा सवै बन्द गर्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । “बैशाख २९ गतेसम्म सबै विद्यालयहरु बन्द हुनेछन् ।” उहाँले भन्नुभयो।
विद्यार्थीहरुमा समेत कोरोना भाईरस संक्रमण देखा परेपछि विभिन्न विद्यालय र पालिकाहरुले विद्यालयको पठनपाठन बन्द गरेका थिए । कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या यसै गरि बढ्दै गए जिल्लाका बजारहरु समेत बन्द गर्ने स्थिती आउन सक्ने प्रजिअ भुसालले बताउनुभयो।
Advertisement