पाल्पामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

जनकराज भट्टराई, पाल्पा। पाल्पामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको पछिल्लाे रिपाेर्ट अनुसार पाल्पामा १२ महिला र ३२ जना पुरुष गरी ४४ जनामा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी अोम प्रकास पन्थीका अनुसार माथागढीका २ पुरुष ३ महिला रामपुरका १७ पुरुष ४ महिला रैनादेवीका ३ पुरुष १ महिला बगनासकाली १ पुरुष तिनाउँका १ पुरुष १ महिला र तानसेन तथा अस्पतालका महिला ३ र पुरुष ८ गरी कुल ३२ जना पुरुष र १२ जना महिलामा काेराेना देखिएकाे हाे ।

पाल्पामा अहिले सम्म काेराेना परीक्षण भएर पुष्टि हुनेकाे संख्या २ हजार ९९ पुगेकाे छ ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...