काठमाडौँ । आज पनि देशका विभिन्न भू–भागमा हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Advertisement
महाशाखाका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीको सम्भावना रहेको छ । अन्य प्रदेशका पहाडी भू–भागमा पनि यो सम्भावना रहेको छ । हावाहुरी र चट्याङको सम्भावना रहेकाले यसबाट सतर्क रहन महाशाखाले अपिल गरेको छ । आज र भोलि स्थानीय वायु सक्रिय हुने भएकाले हावा–हुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको हो । यसअघि गएराति पनि देशका विभिन्न भागमा असिनापानी र ठूलो हावाहुरी चलेको थियो ।