• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ३. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ४. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ५. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ६. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ७. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • ८. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ९. ६५ वर्षमा एसईई उत्तीर्ण

  • १०. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

नहर मासेर घर–घडेरी


  •   बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
  • धनगढी । कैलालीमा करोडौं खर्चिएर बनाइएका सिँचाइ नहरमा पानी बग्दैन । उल्टै निर्माणाधीन नहर मासेर स्थानीयले घडेरीका रूपमा बिक्री गर्न थालेका छन् । डेढ दशकअघि करिब तीन करोड लागतमा बनेको गुर्गी सिँचाइ योजनामा नहरको मूल बाँधबाहेकका सबै संरचना छन् ।

    Advertisement

    २०६४ को बाढीबाट नहरको मुहानको बाँध भत्केपछि सिँचाइ बन्द भयो । जिल्लामा सबैभन्दा धेरै अन्न उत्पादन हुने हसुलियाको हजार हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ गर्ने मुख्य लक्ष्य राखेर यो नहर निर्माण गरिएको हो । नहर सञ्चालन नहुँदा आसपासका समेत गरी १० हजार हेक्टरभन्दा बढी जमिनको उत्पादन प्रभावित भएको छ । हसुलियाका कुलवीर चौधरीले सिँचाइ सुविधा भएका बेलाको भन्दा अन्न उत्पादन आधा घटेको बताए । ‘पहिले धान बेच्थें,’ उनले भने, ‘अहिले परिवारलाई मात्रै ठिक्क हुन्छ ।’ उनका अनुसार आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । ‘नहरमा पानी बग्न छाडेको १३ वर्षमा तीन वटा चुनाव भए । सबै उम्मेदवारसँग स्थानीयको प्रमुख माग नै नहरमा पानी बगाइदेऊ भन्ने रह्यो,’ कैलारी गाउँपालिका–४ का शिवनायक चौधरीले भने, ‘तर मुहानको बाँध निर्माणका लागि कुनै योजना पर्न सकेको छैन ।’ चुनाव जितेर गएपछि नेताहरू ‘पहल गरिरहेको’ बताउँदै पन्छिने गरेको गुनासो उनले गरे ।

    सिँचाइ डिभिजन कार्यालय धनगढीका प्रमुख डम्मर धितालका अनुसार २०६२/६३ मा निर्माण सम्पन्न भएको उक्त नहरको मूल बाँधबाहेकका सबै संरचना सञ्चालन गर्न सकिने हालतमा छन् । ‘संरचना यथावत् भएकाले बाँध बाँध्न सके पानी सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि डीपीआर तयार गरेर बजेट विनियोजन गर्न सकिएको छैन ।’ गुर्गी सिँचाइ योजना सञ्चालनमा ल्याउन स्थानीय तहले नसक्ने भएकाले प्रदेश र संघीय सरकारलाई आग्रह गरिएको कैलारी गाउँपालिका अध्यक्ष लादुराम चौधरीले बताए ।

    बाढीले विभिन्न समयमा नहरको मुहान बाँधको ‘हेडवक्स’ बगाएर लगेका जिल्लाका अन्य ठूला योजना पनि अलपत्र छन् । गौरीगंगा नगरपालिकामा पर्ने खुरखुरिया सिँचाइ योजनाको ‘हेडबक्स’ पनि २०६६ को बाढीले बगाएको थियो । त्यसयता उक्त नहर पनि सञ्चालनमा आउन सकेको छैन । करिब २ करोड लागतमा २०५३ मा सम्पन्न भएको उक्त योजनाबाट चौमला क्षेत्रको हजार हेक्टर बढी जग्गा सिञ्चित थियो । नहर सञ्चालनका लागि स्थानीयले निरन्तर पहल गरेपछि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । डिभिजन प्रमुख धितालले उक्त योजनाको डीपीआर तयार भएर चालु वर्षमै हेडबक्सका लागि टेन्डर प्रक्रियामा रहेको बताए । उनका अनुसार हेडबक्स पुनर्निर्माणका लागि २७ करोड लागत प्रस्ताव गरिएको छ ।

    धनगढी उपमहानगर र गोदावरी नगरपालिकाको श्रीपुर, गेटा र धनगढी नगर क्षेत्रको १ हजार ५ सय हेक्टर क्षेत्रफल सिञ्चित गर्ने खुटिया नहर सञ्चालनमै नआएर हराउने अवस्थामा छ । उपमहानगर नहर क्षेत्र मासेर घरघडेरीका रूपमा बिक्री भइरहेको छ । केहीले हालसाबी गर्दै र केहीले नहर पाटेर (पुरेर) ऐलानी भन्दै घडेरी बनाएर बिक्री गरेका छन् । माेहन बुढाएरले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

    बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ३.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ४.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ५.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    • ६.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण,

    भर्खरै

    • १.
      गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

    • २.
      प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

    • ३.
      सरकारले घटायो मन्त्रालय संख्या

    • ४.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ५.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ६.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ७.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ८.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation