• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

रुपन्देहीको मोतीपुरमा किन विवाद ?


  •   आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
  • रूपन्देही । कामको सजिलो, उकाली–ओराली गर्नु नपर्ने र मीठो–मसिनो आहारा खोज्दै बागलुङ ग्वालीचौरका जुमबहादुर गुरुङ ५५ वर्षअघि बाबु रामेश्वरसँग बुटवल झरे । भर्खर बस्ती विकास हुँदै गरेको बुटवल बजारबाट अलि टाढाको जग्गा खेती किसानी र बसोबासका लागि रोजे ।

    Advertisement

    पहिलाको मोतीपुर गाविस, अहिलेको बुटवल उपमहानगरपालिका–१९ भाटामा उनको घर छ । बाबुसँगै उनले पनि झाडी भएको ठाउँलाई खनीखोस्री खेतीयोग्य बनाए । अन्न फलाए, परिवारको पेट भरे । अहिले त्यही जग्गामा उनका छोराहरूले खेती गर्दै छन् । जुमबहादुरका कान्छा छोरा २१ वर्षका भए । जेठो छोराका नातिनातिना भइसके । एकै परिवारको चार पुस्तासम्म आइपुग्दा पनि रामेश्वरका नाममा जग्गाधनी पुर्जा छैन । आफूले नपाए पनि छोराले पाउला भन्ने आशामा बाँचेका छन् । सरकारकै जग्गामा चार पुस्तामा चल्दै गरेको जुमबहादुरको परिवार चार वर्षदेखि नै चिन्ता र तनावमा छ ।

    दुई पुस्ताले बालबच्चा हुर्काएर संरक्षण गरी परिवार पाल्दै र जीवननिर्वाह गर्दै आएको जमिन रामेश्वर र जुमबहादुरलाई थाहै नदिई चार वर्षअघि नै सरकारले लिएपछि बाबुछोराको तनाव सुरु भएको हो । मोतीपुरमा औद्योगिक करिडोर बनाउन माग गर्दै बुटवल उद्योग वाणिज्य संघले २०७१ सालमा अभियान सुरु गरेको थियो । त्यतिबेला मोतीपुरमा सरकारकै नाममा रहेको २ सय ३४ बिघा जमिनबाट सुरु भएको अभियान अहिले सरकारले झन्डै एक हजार बिघामा पुर्‍याएको छ । २०१७/१८ सालदेखि भोगचलनमा रहेको र नदी उकासका रूपमा रहेको जमिनमा बस्ती बनाएर बसोबास गर्दै आएका ३ हजार ६२ घरधुरीलाई विस्थापित गर्दै सरकारले २०७३ वैशाख १४ गते मोतीपुर औद्योगिक क्षेत्र विकास लिमिटेडका नाममा जग्गा उपलब्ध गराइदियो । ‘जोतभोग गर्ने जग्गाको अधिकार पाउने आशामा हाम्रो तीन पुस्ता बित्यो,’ उनले शुक्रबार आक्रोश पोखे, ‘गरिबलाई जग्गा दिन्छ, खान दिन्छ भन्ने कम्युनिस्ट सरकारले नै बिचल्ली बनायो ।’ हजारौं रात बिताएको बास र जग्गा थाहै नदिई सरकारले हडपेको उनको दुखेसो छ । ‘कम्तीमा भन्नु त पर्थ्यो नि,’ उनले भने ।

    जुमबहादुरजस्तै २०१८ सालदेखि हुर्केको, बढेको र खेलेको भाटाकै अहिरे यादवको तेस्रो पुस्ता पनि उस्तै बिलखबन्दमा परेको छ । सधैं खेतीकिसानीमै दिन बिताउने उनलाई न आफ्नै गाउँमा उद्योग खुल्न थालेको जानकारी थियो, न त आफू रमाएको जग्गा सरकारले लगेको । बाठा छिमेकीले पुर्जा लिइसकेका छन् । तर उनीजस्ता सोझा ३ हजार ६२ परिवार बस्दै आएको २ सय ५० बिघा क्षेत्रफल रहेको बस्तीको स्वामित्व औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा गएपछि जुमबहादुर र अहिरेजस्तै सयौं सर्वसाधारण चार वर्षदेखि नै आन्दोलनमा छन् । एक साताअघि औद्योगिक क्षेत्रले शिलान्यासको तयारी गरेपछि उनीहरूले आन्दोलन तीव्र पारे ।

    सरकारले मोतीपुरमा लुम्बिनी प्रदेशकै औद्योगिक क्षेत्र स्थापना गर्ने भन्दै २०७३ सालमा मोतीपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नै खोलेर काम सुरु गरेको थियो । करिडोरलाई आवश्यक पर्ने जमिन जोहो गर्ने नाममा साबिक बुटवल नगरपालिका, मोतीपुर, टिकुलीगढ, आनन्दवन, फर्साटिकर गाविसका केही भाग पर्ने गरी ८ सय १३ बिघा जग्गा सरकारले अधिग्रहण गरेको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पाँच खण्डमा जग्गा विभाजन गरेर १२ अर्ब लागतसहितको डीपीआर तयार गरेको छ । एक ब्लकमा २ सय ६२ र अर्को ब्लकमा १ सय ५२ प्लट तयार गरेर उद्योग स्थापना गर्न दिने सरकारको तयारी छ । त्यही जग्गाभित्र परेको २ सय ५० बिघा क्षेत्रफल ५० वर्ष पहिलेदेखि नै बासोबास र भोगचलन गर्दै आएका व्यक्तिको परेपछि उनीहरूको वैकल्पिक व्यवस्थापन गरेर मात्र काम अघि बढाउनुपर्ने स्थानीयको माग छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation