• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

सडकले बनाइदियो सुकुम्बासी


  •   सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
  • काठमाडौं ।बालाजु बाइसधाराकी आशामाया खड्गीको घर सात वर्षअघि सडक विस्तार गर्न काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले भत्काइदियो । घर भत्काइदिएको दिनदेखि नै बस्ने ठाउँसमेत नपाएको भन्दै उनी गुनासो गर्दै हिँडेकी छन् ।

    Advertisement

    आइतबार उनी महानगर घेराउ कार्यक्रममा पनि सहभागी भइन् । ‘हाम्रो अरू केही छैन । भएको त्यही घर हो । हामीलाई किन सुकुम्बासी बनाइयो ?,’ उनले भनिन्, ‘मुआब्जासमेत पाइनँ । अहिले हामीलाई खानबस्नै समस्या छ ।’

    खड्गीकै जस्तो पीडा बालाजुका श्यामकृष्ण मानन्धरलाई छ । उनकी आमा विष्णुदेवी मानन्धरका नाममा भएको घर २०७० सालमै भत्काइएको थियो । त्यसयता उनले मुआब्जा नपाएको गुनासो गरे । ‘मुआब्जा दिएको भनिएको छ तर हामीले पाएका छैनौं,’ उनले भने, ‘यो जग्गामा २०२७ सालमा मुद्दा पर्‍यो । २०३० सालमा हामीले मुद्दा जित्यौं । भएको सम्पत्ति यत्ति नै थियो । सबै सडक विस्तारमा पर्‍यो । अहिले सुकुम्बासी भएका छौं ।’ कित्ता नम्बर १८९ को ३ आना १ दाम जग्गामा उनको घर बनेको थियो ।

    प्राधिकरणले बालाजुमा ३९ घर भत्काएको थियो । सडक विस्तार गर्ने क्रममा ७ मिटर बाटो छाड्नुपर्ने भनिएकामा घरधनीले त्यति नै छाडिदिएका थिए । तर सडक १४ मिटर बनाउन घरै भत्काइयो । लक्ष्मीमाया महर्जनलाई पनि सडकले सुकुम्बासी बनाइदिएको छ । उनको दुई कित्ता जग्गा सडकमा परेको छ । कित्ता नम्बर १९३ को १ आना २ पैसा ३ दाम र कित्ता नम्बर १९५ को १ आना १ पैसा जमिन र घर भत्काइएको थियो ।

    सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश हरिप्रसाद वाग्लेको एकल इजलासले २०७० चैत २४ गते घर भत्काउने, नष्ट गर्ने, निवेदकलाई धरपकड गर्ने काम बन्द गर्नेलगायत कुनै कामकारबाही नगर्न अन्तरिम आदेश दिएको थियो । गत वर्ष सर्वोच्चले घर भत्काउने, नष्ट गर्ने काम नगर्न र गर्नैपरे मुआब्जा दिन आदेश दिएको थियो । तर यो आदेश पनि उल्लंघन भएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

    व्यक्तिको घर भत्काइएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाउन लागेको थियो । सूचना केन्द्र बनाउने ठाउँ जस्ताले बेरेर राखिएको थियो । त्यसलाई स्थानीय बासिन्दा र उपत्यका सडक विस्तार संघर्ष समितिका पदाधिकारीलगायतले गत साता भत्काइदिए ।

    त्यही आरोपमा समितिका संयोजक सुमन सायमीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । ‘पक्राउ गरिएकालाई हतकडी लगाएर प्रहरीले अमानवीय व्यवहार गरेको छ । प्रहरीमाथि दुर्व्यवहार गरेको झूटा आरोप लगाइएको छ । यहाँ बलात्कारी, हत्यारा खुलमखुला हिँडेका छन् तर आफ्नो आवासको अधिकार माग्नेमाथि हतकडी लगाइएको छ,’ बाइसधाराका शैलेन्द्रकुमार श्रेष्ठले भने । उनी पनि पक्राउ परेका थिए तर पछि छुटे । काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाउन १ करोड रुपैयाँ छुट्याएको छ । व्यक्तिको घर भत्काएकै ठाउँमा ट्याक्सी पार्किङ बनाइएको पनि स्थानीयले बताए ।

    बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार संघर्ष समिति, नेवाः देय दबू र विभिन्न खलः पुचः ले आइतबार काठमाडौं महानगरपालिका घेराउ कार्यक्रम राखेका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तारको विरोध गर्दा पक्राउ परेकालाई रिहाइ गर्न माग राखेका छन् ।

    ‘काठमाडौंमा बस्ने रैथाने र बाहिरबाट आउने हामीजस्ता प्रवासीलाई यहाँ केही समस्या छैन । हामीबीच सुमधुर सम्बन्ध छ । तर प्रश्न राज्यमा आयो,’ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक बालकृष्ण माबुहाङले भने, ‘राज्य हैकमी व्यक्तिको हातमा गएकाले नागरिकलाई अनागरिकको जस्तो व्यवहार गरियो । भाषा संस्कृतिको अधिकार दिइएन । हामी शासकसँग तर्सित मनोविज्ञानमा छौं । भाषा, संस्कृतिलगायत सम्पूर्ण अधिकार दिइयो भने मात्र राज्य हाम्रो हुनेछ ।’ दामाेदर न्याैपानेले कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।

    सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation