बाँके –बाँकेको राप्ती सोनारी गाँउपालिका–२ मुगुवा खोलामा बस दुर्घटना हुँदा १० जना सैनिक गम्भीर घाइते भएका छन् ।
Advertisement
सोलु नाम्चेबाट कालिकोट संशेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको नेपाली सेनाको बस गति अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार मा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन् ।
दुर्घटनाबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धारको लागि खटिएको जनाएको छ ।