प्युठान । अटो रिक्सा दुर्घटना हुँदा प्यूठानमा एक जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट मल्लरानी गाउँपालिका वडा नम्बर २ चुँजाठाटीतर्फ जाँदै गरेको रा १ ह ५१४५ नम्बरको अटो शुक्रबार दुर्घटना भएको थियो ।
Advertisement
दुर्घटनामा परी मल्लरानी ३ बर्बोटका ४० वर्षीय जनक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले जानकारी दिनुभयो ।