• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन


  •   सोमबार, माघ १२, २०७७ मा प्रकाशित
  • दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गर्नु भएको छ ।  पुल उद्घाटनपछि उहाँले राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गर्नु भएको छ । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो ।

    Advertisement

    पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करीब रु एक अर्ब लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवा वारिपारि गर्न सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदीमा डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने छ ।

    पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । पछिल्लो समय पुल पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । दाङ जिल्लाका मात्रै नभएर बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी साधनबाट यात्रा गर्नुपर्ने अवस्था छ । पुल निर्माणसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ । बर्दियाको गेरुवा नदीमा पुल बनाएकै कम्पनी द एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते पुल शिलान्यास गरेका थिए ।नेपाली सेनाको हेलिकप्टरबाट कार्यक्रमस्थल पुग्दा उहालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । उहाँलाई सर्वसाधारणले समेत स्वागत गरेका थिए ।

    सोमबार, माघ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation