• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

अनि कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो


  •   मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
  • काठमाडौं। गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ ?’

    Advertisement

    यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले राजधानीसँगको भेटमा भनिन्, ‘खै अब त के विवाह गरिएला र ! मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।

    एक समय थियो । जब उनले स्कुलबाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको विवाहमा गइन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहुलीको रूपमा तयार गरिन् । त्यति बेला उनले पनि बेहुली बनेर श्रीमान्को घरमा जाने कल्पना गरेकी थिइन्, ‘अझ बेलुका पक्षका केही केटाहरूले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्रस्तावसँगै राखेका थिए ।

    त्यतिबेला मलाई जीवनमा बेहुली त बन्नैपर्छ जस्तो लागेको थियो ।’ ती साथीलाई अन्माएर बेहुलासँग पठाउँदा साथी रोएपछि उनलाई केही नमज्जा पनि लाग्यो । तर, त्यसको केही दिनमै आफ्नो साथीलाई श्रीमान्ले औधी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चाहना जागेको थियो ।

    स्कुले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खेलकुदमा व्यस्त रहिन् । त्यो समय उनी एथलेटिक्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिकासमेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबाआमासँग मेरो विवाहको कुरा चलाए । तर, म यता काठमाडौंमा खेलकुद र गायनमै व्यस्त रहेको कारण ती लमीहरूको चाहना पूरा हुन सकेन ।’

    त्यस समय गायिका कोमल ओलीलाई माया गर्नेहरू धेरै थिए, ‘धेरैले माया गर्छु भन्थे । तर, म उनीहरूलाई साथीको रूपमा लिन्थें ।’ सोही कारण त्यतीबेला आफूले केटाहरूलाई मरिहत्ते गरेर प्रेम नगरेको पनि यी गायिकाले बताइन् ।

    कोमल ओलीको भनाइमा त्यतिबेला फोन तथा मोबाइलको जमाना थिएन । आफूलाई मन पराउनेहरूले पत्रमित्रको रूपमा चिठ्ठी पठाउने गरेको यी गायिकाको कथन छ, ‘पत्रमा सबैले तपाईं साह्रै राम्री हुनुहुन्छ भन्थे । अझ म २०५० सालबाट रेडियो नेपालमा समाचार वाचिकाको रूपमा अनुबन्धित भएपछि त मन पराउँछु भन्नेहरूको चिठ्ठी यति धेरै आयो कि त्यसको सीमा छैन ।’ त्यतिबेला आएका चिठ्ठीहरू अझै केहीप्रति आफूूसँग भएको पनि उनले बताइन् ।

    एउटा चिठ्ठीको एक लाइनले यी गायिकाको जीवनको यात्रा नै परिवर्तन गरिदियो । त्यो चिठ्ठी पठाउनेसँग अहिले पनि कुराकानी हुने गरेको उनले बताइन् । तर, साथीको रूपमा कुरा हुने गरेको उनको कथन छ । ती व्यक्तिले चिठ्ठीमा विवाह गर्न उनलाई साह्रै जिद्धी गरे । तर, कोमल मानिनन्, ‘तिम्रो जीवन नाविकबिनाको नाउँ हो । जीवनले नदीको अन्तरकुन्तर कतै ठक्कर खाला अनि मात्र तिमीले थाहा पाउला ।’

    यसरी विवाह नगर्दा दुःख पाइने संकेत ती व्यक्तिले गरेपछि आफू झन् सचेत भएर अघि बढेको पनि उनले बताइन्, ‘त्यतिबेलासम्म म रेडियो नेपालको जागिर र गायनले अत्यन्त व्यस्त भइसकेको थिएँ । अब मैले आफूलाई कत्तै ठक्कर खान नदिई स्वतन्त्र भएर आफ्नो लागि अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि विवाहको चाहनालाई त्यागेर आफू अघि बढेको पनि उनले बताएकी छन् ।

    गायिका कोमलका तीजसम्बन्धी गीतमा ‘पैला जाम पाम, तन्नेरी चाहियो, पोइ चाहियो’जस्ता शब्दहरू हुने गरेका छन् । यस्ता गीत गाउँदा कतिपयले उनलाई विवाह गर्न नपाएर गीतबाट पीडा पोखेको टिप्पणी पनि गर्छन । तर, त्यो कुरालाई कोमल अस्वीकार गर्छिन् । यो आफ्नो नभएर अरूको भावना पोखेको पनि उनले बताइन् ।

    अब आफूलाई विवाह गर्ने, बच्चा जन्माउने, छोरा छोरीका लागि सम्पत्ति चडेर ठूलोमान्छे बनाउने र श्रीमान्सँग चारधाम घुम्न जानेजस्ता कुनै सपना नभएको उनको कथन छ । अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन । मुलुकको राजनीतिले नयाँ मोड लिँदै छ । नेकपाकी नेतृत्व बनेकी कोमल अब आगामी चुनावमा आफ्नो क्षेत्रबाट सांसदको रूपमा उठ्ने तयारी गर्दै छिन् ।

    ‘अहिले स्वतन्त्र छु र दाङका जनताको सेवा गर्न पाएको छु । बुबाआमाको चाहना नै म राजनीतिमा लाग्ने भएकाले अबको जीवन राजनीतिमै बिताउनै निष्कर्षमा पुगिसकेकी छु ।’ कोमलले भनिन्, ‘हामी अझै पनि संयुक्त परिवारमा भएकाले सबैका माया पाइरहेको छु । परिवारमा दाजुभाइ, बहिनीका छोराछोरी भएकाले उनीहरूबाट त्यतिकै माया पाइरहेकी छु ।’ सोही कारण आफू एक्लो र अविवाहित छु भन्ने महसुस नभएको पनि उनले प्रकाश पारिन् । डब्बु क्षेत्रीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

    मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation