सोलुखुम्बु । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा मालबहाक गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार राति करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको मालबहाक गाडी दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताए । दुर्घटनामा हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् ।
दूधकोशी सोलुखोला ९८६ मेगावाट० जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त गाडी भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सोलु जलविद्युत् आयोजनामा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन ।