सवारी दुर्घटनामा ३ जनाको मृत्यु

झापा । प्रदेश १ को झापा र मोरङमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका दुई र मोरङका १ जना छन् ।

झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शनिवार राती पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका–११ का ३७ बर्षीय छबिरमन ढकालको मृत्यु भएको हो । दुर्घटनामा गंभीर घाईते भएका उनको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

त्यस्तै झापाको बुद्धशान्ति गाउँपालिका–३ झिलमिले पुल नजिकै शनिवार दिउँसोे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल ठोक्किदा घाईते भएका मोटरसाईकल चालक झापा अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको पनि मृत्यु भएको छ । उनको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

उता शनिवार दिउँसो साँढे २ बजे मोरङको उर्लावारी नगरपालिका–८ मा को २० प ९७२७ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ७ बर्षीया अजिति ओझालाई ठक्कर दिंदा घाईते भएकी बालिकाको गोदावरी अस्पताल उर्लावारीमा उपचारको क्रमम मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.