दाङमा बस दुर्घटना हुँदा १९ जना घाइते

दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए।

घाइते सबैको उद्धार गरिसकिएको उनले बताए। घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको हातखुट्टामा चोट छ ।

Sharing Now!

You might also like

Comments are closed.